सुर्खेत, ११ बैशाख ।
नेपाल विद्युत प्राधिकरणले सुर्खेत–कोहलपुर मुख्य प्रशरण लाइनमा परेका रुखहरुको हाँगाहरु काट्नका लागि भन्दै ४ दिनसम्म दिनभर विद्युत अवरुद्ध हुने जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले सुर्खेत–कोहलपुर मुख्य प्रशरण लाइनमा परेका रुखहरुको हाँगाहरु काट्नका लागि भन्दै ४ दिनसम्म दिनभर विद्युत अवरुद्ध हुने जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले सोमवार एक सूचना जारी गरी आज मंगलवार विहान १० बजेदेखि साँझ ६ बजेसम्म, बैशाख १३ गते विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म, बैशाख १४ गते विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म र वैशाख १५ गते विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुने जनाएको छ ।
सुर्खेत–कोहलपुर मुख्य प्रसारण लाइनमा रुखहरुले अवरोध गर्ने भएकाले छिनछिनमा विद्युत अरुद्ध हुने भएकाले रुखका हाँगाहरु काट्नलाई विद्युत अवरुद्ध गरिएको प्राधिकरण सुर्खेतले जनाएको छ ।
No comments:
Post a Comment