‘संविधान बन्ने आशा बढ्यो’

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ९ बैशाख । 
नेकपा एमाले सुर्खेतले जेठ १४ गते संविधान आउने आशा बढेको बताएको छ । शुक्रवार र शनिवार सम्पन्न एमाले सुर्खेतको ११ औं पूर्ण बैठकले माओवादी लडाकु र हतियार नेपाली सेनाको मातहतमा आएकोले जेठ १४ गतेभित्र नयाँ संविधान आउने आशा बढेको जनाएको हो ।
बैठकपछि जारी गरिएको विज्ञप्तिमा गत फागुनमा संचालन गरेको संगठन सुदृढिकरण अभियानले पार्टीलाई एक नम्बरमा स्थापित गर्न सफल भएको जनाइएको छ । पार्टी अध्यक्ष नवराज रावतको सभापतित्वमा भएको बैठकमा हस्तबहादुर पुन, बालकृष्ण विसी, बालाराम शर्मालगायतको उपस्थिति रहेको एमाले प्रचार विभाग प्रमुख टेकेन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a Comment