स्थानीय विकासको आधार, एकताबद्ध संगठित उद्योग वाणिज्य संघको विस्तार

दिलीपसिंह ठकुरी
    सुर्खेत उद्योग वाणिज्य संघ अर्थात उद्योगी व्यापारीहरुको साझा संगठन । संस्थाको नाम मात्र हेर्ने होभने आम नागरिकहरुलाई लाग्न सक्छ यो त उद्योग व्यापारमा लागेका मान्छेहरुको हकहित गर्नका लागि स्थापना गरिएको संस्था हो । तर यति मात्र अन्तिम सत्य होइन ? व्यवसायिक रुपमा सहभागी व्यपारीहरुले खोलेको संस्था हुनसक्छ तर यस संस्थाले वा भनौ कुनैपनि संस्थाले गर्ने कार्य (गतिविधि) संस्थामा आवद्ध सदस्यहरुका लागि मात्र नभई जिल्ला क्षेत्र र राष्ट्रका सम्पूर्ण नागरिकहरुका लागि पनि हुने हुँदा वर्तमान अवस्थामा सुर्खेत वाणिज्य संघ भित्र वा संघ वाहिर भइरहेका गतिविधिहरु प्रति सम्पूर्ण सुर्खेत वासीहरुको चासो र चिन्ताको विषय हो । त्यस्तै म पनि यसै सुर्खेत जिल्लाको निवासी भएका नाताले पनि स्वाभाविक रुपमा मलाई पनि चासो र चिन्ता लागेका कारणले जनीनजानी केही शब्द लेख्ने जमको गरेको छु । व्यवसायिक लेखक नभएको हुँदा शब्द र शैलीमा कमीकमजोरीहरु हुनु स्वाभाविक हो । यसलाई अन्यथा नलिई सरल रुपमा स्वीकार गर्नुहने छ भन्ने विश्वास लिएको छ ।
    समाजमा उद्योगी व्यापारी भन्ने वित्तिकै नाफा कमाउनका लागि जे पनि गर्नपछि नपर्ने व्यक्तिका रुपमा लिने गरेका हामीले पाएका छौं । के उद्योगी व्यापारीहरुको  परिचाय यही हो त ? के उद्योगी व्यापारीलाई नाफा कमाउन कालो बजारी गर्ने मिशावट गर्नपछि नपर्ने व्यक्ति, राजश्व छल्ने समूहका रुपमा मात्र परिभाषित गरिन्छ भने यो भरिभाषा उद्योगी व्यापारीहरु प्रति अन्यायपूर्ण हुन जानेछ । हुनसक्छ केही व्यापारीबाट यस्ता प्रकारका कार्य नभएको नहोला । यो पनि यथार्त हो कि चामलमा थोरै वियाँ त हुन्छ नै । चामलमा वियाँ भए जस्तै, थोरै खराब मान्छे त सबै ठाउँ (संघ, संस्था, घर) मा हुन्न सक्छन भन्ने यथार्तलाई विर्सीएर सम्पूर्ण क्षेत्रलाई नै दोषपूर्ण छ भन्दै व्यापारी साथीहरुले समाजमा गरेका सकारात्मक कार्यहरुलाई नजर आन्दाज गर्न मिल्ला र ? के व्यापारी साथीहरुले आफ्नो घर घढेरीलगायत श्रीमतीका गहना बैंकको चर्को व्याज तिर्ने सर्तमा हिम्मतका साथ लिएको ऋणलाई कम आंकलन गर्न सकिन्छ ? यसरी लिएको ऋण समयमा तिर्न नसक्दा कति व्यापारीहरु टाटपल्टेका तपाई हामीले देखेका र सुनेका नै छौं ।
    आज हामी एकछिन विचार गरौं त ? यदि ती व्यापारीहरुले यसरी ऋण काटेर देश विदेशका गल्ली गल्ली पुगेर हाम्रा आवश्यकताका बस्तुहरु हाम्रा घरआँगनसम्म नल्याइदिएको भए के हुन्थ्यो होला ? त्यस्तै प्रकारले हालका दिनहरुमा व्यापारीहरु यो समाज विकासको कार्यमा जुन प्रकारले अग्रसर भएको छन् त्यसलाई पनि बुझ्न जरुरी छ । आज जसरी सुर्खेत जिल्लाको समग्र विकासका लागि सुर्खेत उद्योग वाणिज्य संघ लागिरहेकोछ  । त्यसबाट आशा गर्न सकिन्छ । संघले गर्दै आएको र भविष्य संचालन हुने आयोजना जस्तै सांस्कृतिक र पर्यटनको विकासका लागि सुर्खेत महोत्सव, सववहान खरिद, पर्यटन सम्बधी गुरु योजना बनाउँने कार्य, हर्रेमा स्वागत गेट, पश्चिम सुर्खेतका पर्यटकिय स्थलहरुको प्रचारप्रसार, सिटी हल (सभागृह)को पहल युवा स्वरोजगार कार्यक्रम सुर्खेत सल्यान हापुरे सडक निर्माणमा पहल जस्ता थुप्रै विकासका कार्यहरुको थालनी भएको पउदछौं । सम्भावना धेरै थिए होला तर पनि जे जति भएका छन् त्यसलाई आत्मसात गर्दै अझ के गर्न सकिन्छ भन्नेतिर आउँदा दिनहरुमा सुर्खेत उद्योग वाणिज्य संघ लाग्न जरुरी देखिन्छ ।
    वि.सं. २०३८ सालमा स्थापना भएको यो संस्था आज जिल्लाकै सम्भावना बोकेको सामाजिक संस्थाको रुपमा समेत स्थापित हुन सक्ने देख्दा व्यापारीका नाताले  मलाई र म जस्ता सम्पूर्ण व्यापारी तथा आम सुर्खेतीलाई गर्व र खुसी लागेको हुनुपद्र्छ । त्यसैले आउनुहोस सम्पूर्ण व्यापारी साथीहरुको एकतावद्ध भई अगाडि बढौं । किन कि यदि तपाँईहरु सच्चिकै व्यापारीहरुको हकहित र समग्र जिल्लाको विकास चहानुहुन्छ भने  विगतमा भएका कमी कम्जोरीहरु आत्मसाथ गरौं अन्यथा आ–आफ्नै अडान समातेर वसिरहने हो भने न त यसले हामी व्यापारीहरुको हित गर्छ न त जिल्लाकै विकासमा सहयोग पुर्‍याउछ । व्यक्ति भन्दा ठुलो संस्था हो भने संस्था भन्दा समाज र राष्ट्र ठुलो हो । त्यसैले आउनुहोस साथीहरु हामीमा भएको महत्वकांक्षालाई अन्त्य गरि वेलैमा वुद्धिमानीपूर्ण निर्णय लिन अनुरोध गर्दै एकतावद्ध र संगठित सुर्खेत उद्योग बाणिज्य संघको विस्तार गरौं ।

No comments:

Post a Comment