तरकारी उव्जनीमा दाङ पहिलो

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २३ चैत ।
    मध्यपश्चिमका १५ जिल्लामध्ये तरकारी उब्जनी र कारोवारमा दाङ पहिलो स्थानमा देखिएको छ । यस्तै बर्दिया दोस्रो र सुर्खेत तेस्रो स्थानमा रहेको क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतको तथ्यांकले देखाएको छ ।

    चालु आर्थिक वर्षमा करिव ३२ हजार  मेट्रिकटन ताजा तरकारीबाट साढे ५३ करोड १९ लाख रुपैयाँ बराबरको कारोवार भएको निर्देशनालयले जानकारी दिएको छ । दाङमा सबैभन्दा बढी उत्पादन भएको २ सय ४० मेट्रिक टन अदुवाबाट १ करोड ५ लाख रुपैयाँ आम्दानी भएको तथ्यांकमा उल्लेख छ । यसैगरी बर्दियामा पनि ३६ करोड ६० लाख रुपैयाँको बराबर तरकारीको कारोवार भएको छ ।
    सुर्खेतमा भने १२ करोड ११ लाख रुपैयाँ बराबरको तरकारी विक्री भएको तथ्यांकले देखाएको छ । सुर्खेतमा ९ हजार २ सय ५० मेट्रिक टन ताजा तरकारी, ६ हजार ७ सय मेट्रिक टन आलु, २ दशमलव ३ मेट्रिक टन माछा र १ दशमलव ३ मेट्रिक टन मह बेचविखन भएको छ । मध्यपश्चिम क्षेत्रमै सबैभन्दा कम तरकारी उत्पादन र विक्री वितरण भएको हुम्लामा साढे ३ सय मेट्रिक टन हिउँदे बाली उब्जनी भएको जनाइएको छ ।

No comments:

Post a Comment