पत्रकार हत्यामा शोक सभा

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २३ चैत ।
    नेपाल प्रेस युनियन सुर्खेतले झापाका पत्रकार यादव पौडेलको हत्याको विरोधमा विहिवार शोक तथा श्रद्धाजली सभाको आयोजन गरेको छ । सभामा नेपाली कांग्रेस सुर्खेतका सभापति तप्तबहादुर विष्टले वर्तमान सरकारले प्रेस स्वतन्त्रताको जति वकालत गरेपनि पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न नसकेको आरोप लगाए ।
    संचारकर्मीहरुको सुरक्षा जस्तो गम्भिर विषयमा सरकारले चासो नदिएका कारण पत्रकार पौडेलको हत्या भएको उनले बताए । घटनाका दोषीहरुलाई कारबाहीको माग गर्दै परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिनु पर्ने उनले बताए ।

    देशमा दण्डहीनता फस्टाउदै र प्रेस स्वतन्त्रताको अवस्था खस्कदंै जाँदा समेत केही गर्न नसक्नु यो सरकारको लाचारीपन भएको उनले बतए ।
    नेपाल प्रेस युनियन सुर्खेतका सभापति नरेशसिंह थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, पूर्व केन्द्रीय उपाध्यक्ष गोविन्द कोइराला, नेविसंका केन्द्रीय सदस्य टोपबहादुर रावत, महिला संघका केन्द्रीय सदस्य जानकी सिहं, स्वास्थ्यकर्मी संघका अध्यक्ष राजेश बुढालगायतले पत्रकार हत्यामा संलग्न दोषीलाई कारबाही गर्न र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

No comments:

Post a Comment