रुकुम, ९ वैशाख ।
समयमै जहाज नआउँदा अस्पतालले रिफर गरिएको विरामीको जहाज कुर्दाकुर्दै मृत्यु भएको छ । पश्चिम रुकुमको चौरजहारी अस्पतालले पूर्तिमकाँडा–७ की १३ वर्षीया बालिका सम्झना पुनलाई थप उपचारका लागि नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा शुक्रबार रिफर गरेको थियो ।
तर, नियमित कार्यतालिका अनुसार चौरजहारी विमानस्थलमा जहाज नआउँदा विरामीको मृत्यु भएको हो । बालिका सम्झना केही दिनअघि घरको छतबाट खसेकी थिइन् । बालिकाको पेट, टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । उनको गम्भीर अवस्था भएकोले जिल्लामा उपचार हुन नसक्ने भन्दै चौरजहारी मिसन अस्पतालले नेपालगन्ज रेफर गरेको हो ।
No comments:
Post a Comment