सुर्खेत, ८ बैशाख ।
तेस्रो राष्ट्रिय चलचित्र महोत्सव शुक्रवारदेखि सुर्खेतमा सुरु भएको छ । महोत्सवको उद्घाटन पर्यटनमन्त्री लोकेन्द्र विष्टले एक समारोहका वीच उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मन्त्री विष्टले सुर्खेतमा महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु भएकोले चलचित्रको छायांकनको लागि उपयुक्त भएको बताए ।
उनले चलचित्र निर्माता तथा निर्देशकहरु लाई सुर्खेतका पर्यटकीय क्षेत्रहरुमा चलचित्र छायांकन गर्ने ठाउँहरु उपयुक्त रहेकोले यतातिर ध्यान दिन सुझाव दिए । कम लगानीमा धेरै उत्पादन गर्न सकिने उद्योगको रुपमा चलचित्र क्षेत्रलाई विकास गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

उनले सुर्खेतको वुलवुले उद्यान, काँक्रेविहार देउती वज्यैलाई पनि चलचित्रमा छायांकन गर्न सकिने भएकाले यसतर्फ निर्देशक तथा निर्माताको ध्यान जान जरुरी रहेको उनले जनाए । चलचित्र क्षेत्रमा भएका कमी कमजोरीलाई सुधार गर्दै लैजानु पर्ने सुझाव उनले दिए । साथै अनियन्त्रिरुपमा बनेका चलचित्रलाई नियन्त्रण गर्नका लागि चलचित्रसम्वन्धी विधेयकलाई छिटो कार्यान्वयमा ल्याउने जानकारीसमेत उनले दिए ।
कार्यक्रममा शान्ति मन्त्री सत्या पहाडीले काठमाडौं केन्द्रीत महोत्सवहरु पहिलो पटक मोफसलमा हुनुले अव विकेन्द्रीकृत गर्न आवश्यक रहेको बताइन् ।
महोत्सवमा सहभागी बरिष्ठ कलाकार नीर शाहले नेपाली चलचित्रले पछिल्लो पटक दर्शक कमाउन थालेकोमा खुशी प्रकट गर्दै कलाकार र निर्माताहरुले दर्शकको भावना बुझ्नुपर्ने बताए । साथै मौलिक संस्कृतिको पहिचान गर्न यस्ता महोत्सवले सघाउने विश्वास उनले गरे ।
यस्र्तै अर्का कलाकार मदनकृष्ण श्रेष्ठले यस्ता महोत्सवले कलाकार र दर्शकहरुलाई एक आपसमा बुझ्ने मौका पाउने भएकोले दूरदराजसम्म लैजान सक्ने बातावरण बनाउन सुझाव दिए । महोत्सव मूल आयोजक समितिका संयोजक एवं चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले काठमाडौं बाहिरपनि चलचित्र महोत्सव सफल हुने दावी गरेका थिए । महोत्सवमा भुवन केसी, रेखा थापा, करिश्मा मानन्धर, जीवन लुईटेल लगायतका कलाकारहरुको सहभागिता छ ।
No comments:
Post a Comment