सुर्खेत, १९ चैत ।
राष्ट्रिय जनमोर्चाले आज सोमवार भेरी—कर्णाली बन्द आव्हान गरेको छ । संघीयताको विरोध, स्थानीय निकायको निर्वाचन हुनुपर्ने र तोकिएको समयमै संविधान बनाउनुपर्ने माग गर्दै पूर्व घोषित कार्यक्रम अनुसार आज सोमवार भेरी, कर्णाली, नारायणीलगायत ५ अंचल बन्दको आव्हान गरेको हो ।
भेरी कर्णालीमा यही चैत १५ गते वन्द आव्हान गरेपनि एसएलसी परीक्षा परेकोले त्यसलाई सारेर आज २० गते आव्हान गरेको हो । बन्दको पूर्व सन्ध्यामा राष्ट्रिय जनमोर्चा सम्वद्ध संगठनहरुले आइतवार सााझ मसाल जुलुस प्रदर्शन गरेका छन् । जुलुसपछि आयोजित कोणसभामा राष्ट्रिय जनमोर्चा सुर्खेतका अध्यक्ष बालकृष्ण सुनारले बन्दलाई सफल बनाउन अपिल गरे ।
No comments:
Post a Comment