सुर्खेत, ९ असार ।
आदिवासी जनजातिहरुको जातीय पहिचाननै भाषा भएकाले भाषा संरक्षण गर्नुपर्ने वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागी जनजातिहरुले जोड दिएका छन् । तमु हूयल छोज धी सुर्खेतले आयोजना गरेको २ महिने भाषा कक्षाको शनिवार समापन गर्दै उनीहरुले यस्तो जोड दिएका हुन् । भाषा संरक्षणका लागि विभिन्न तालिम तथा भाषागत कक्षाहरु संचालन गर्दै आफ्नो भाषालाई जोगाउने उनीहरुले बताए । नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका अध्यक्ष मोहन गुरुङले आदिवासी जनजातिको पहिचाननै भाषा भएकाले भाषालाई जोगाउन सवैले प्रयास गर्नुपर्ने सुझाव दिए ।
उनले जनजातिका भाषा हराएमा जनजातिहरु पनि हराउँदै जाने भएकाले सचेत रहन सबैलाई आग्रह गरे । यस्तै राजी शाल्म समाज सुर्खेतका सचिव अशोक राजीले आदिवासी जनजातीका हर परम्परालाई अन्य समुदायले लिनसक्ने भएपनि भाषा भने अरुले प्रयोग गर्न नसक्ने बताए । यसैगरी खाम्पा समाज सुर्खेतका अध्यक्ष कृष्णबहादुर रोकायखाम्पाले आफ्ना भाषालाई जोगाउनकै लागि पनि विभिन्न प्रशिक्षण तथा कक्षाहरु संचालनको आवश्यकता रहेको जिकिर गरे । गत बैशाष १० गतेबाट सुरु गरिएको गुरुङ भाषा कक्षामा करिब ५० जना गुरुङ समुदायका प्रतिनिधिहरु सहभागि रहेका थिए । आदिवासी जनजातिहरुको जातीय पहिचाननै भाषा भएकाले भाषा संरक्षण गर्नुपर्ने वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागी जनजातिहरुले जोड दिएका छन् । तमु हूयल छोज धी सुर्खेतले आयोजना गरेको २ महिने भाषा कक्षाको शनिवार समापन गर्दै उनीहरुले यस्तो जोड दिएका हुन् । भाषा संरक्षणका लागि विभिन्न तालिम तथा भाषागत कक्षाहरु संचालन गर्दै आफ्नो भाषालाई जोगाउने उनीहरुले बताए । नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका अध्यक्ष मोहन गुरुङले आदिवासी जनजातिको पहिचाननै भाषा भएकाले भाषालाई जोगाउन सवैले प्रयास गर्नुपर्ने सुझाव दिए ।
No comments:
Post a Comment