भक्तपुर, ९ असार ।
एसएलसी परीक्षा अनुत्तीर्ण हुने विद्यार्थीले अब टी एसएलसी अर्थात प्राविधिक एसएलसी दिएर उच्च शिक्षा अध्ययन गर्न पाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले त्यस्ता विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको अवसर प्रदान गर्न ७५ वटै जिल्लामा कार्यक्रम सञ्चालन गरेको छ ।
सिटिइभिटीले मुलुकभर प्राविधिक शिक्षाको विस्तार गर्न तथा एसएलसी अनुत्तीर्ण विद्यार्थीलाई लक्षित गरी यो वर्षदेखि ७५ वटै जिल्लामा एनेक्स कार्यक्रम सञ्चालनमा ल्याएको हो । सिटिइभिटीले गत वर्षसम्म ४४ जिल्लाका ४४ सामुदायिक र चार निजी गरी ४८ विद्यालयमा सञ्चालन गर्दै आएको एनेक्स कार्यक्रमलाई चालु आर्थिक वर्ष २०६८/०६९ देखि मुलकभर विस्तार गरेको सिटिइभिटीका सदस्य सचिव जयबहादुर टण्डनले बताए ।एसएलसी परीक्षा अनुत्तीर्ण हुने विद्यार्थीले अब टी एसएलसी अर्थात प्राविधिक एसएलसी दिएर उच्च शिक्षा अध्ययन गर्न पाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले त्यस्ता विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको अवसर प्रदान गर्न ७५ वटै जिल्लामा कार्यक्रम सञ्चालन गरेको छ ।
विश्वभर व्यावसायिक शिक्षाको माग बढिरहेको र नेपालमा पनि अधिकांश युवावर्ग प्राविधिक एवं व्यावसायिक शिक्षातर्फ आकर्षित भइरहेको बेलामा सिटिइभिटीले श्रम बजारको माग र आवश्यकताअनुरूप दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मुलुकभर एनेक्स कार्यक्रम विस्तार गरेर युवावर्गको हातहातमा सीप पुर्याउन लागेको हो । सिटिइभिटीले एनेक्स कार्यक्रमअन्तर्गत प्रवेशिका परीक्षा अनुत्तीर्ण भएका विद्यार्थीका लागि २९ महिने र प्रवेशिका परीक्षा उत्तीर्णका लागि १५ महिने गरी दुई प्रकारको कक्षा सञ्चालनका लागि आवेदन माग गरेको छ । प्रवेशिका परीक्षा उत्तीर्ण नभएकाले २९ महिने एनेक्स कार्यक्रममा अध्ययन गरेर सिटिइभिटीले सञ्चालन गर्ने प्राविधिक एसएलसी अर्थात टिएसएलसीमा सहभागी भई उच्च शिक्षासम्म अध्ययन गर्नसक्ने सिटिइभिटीका परीक्षा नियन्त्रक रमेशकुमार बखतीले बताए ।
आ.व. २०५८/०५९ देखि सुरु गरेको एनेक्स कार्यक्रम मुलकभर विस्तार गर्न कार्यक्रम नपुगेका थप ३१ जिल्लामा कार्यक्रम सञ्चालनका लागि सिटिइभिटीले सामुदायिक विद्यालयको छनोट गरी यो वर्षदेखि ७५ वटै जिल्लामा कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए । एनेक्स कार्यक्रम सञ्चालनका लागि चालु आ.व. २०६८/०६९ मा चालु खर्चतर्फ ४ करोड ६५ लाख र पुाजीगत खर्चतर्फ ४ करोड ५० लाख गरी कुल ९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजनसमेत भएको सिटिइभिटीका प्रशासन प्रमुख रमेश पौडेलले जानकारी दिए । एनेक्स कार्यक्रमअन्तर्गत कृषि, कम्प्युटर, सबओभरसियर, सिभिल सबओभरसियर, अटो मेकानिकल, भेटेरिनरी जेटिए, इलेक्ट्रिक, आइटी र पशुपालन तथा बाली विज्ञानलगायत विभिन्न विषयमा १५ महिने र २९ महिने कोर्समा पढाइ सञ्चालन भएको छ । एनेक्स कार्यक्रमका लागि आउँदो साउन महिनादेखि विद्यार्थी भर्ना लिने कार्य सुरु गरिने भएको छ ।
No comments:
Post a Comment