रकम दुरुपयोग गरेको भन्दै अख्तियारमा उजुरी

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
अछाम, ९ असार ।
कर्णाली विशेष परियोजना कार्यक्रमको दुरुपयोग भएको भन्दै अछामस्थित साना तीन दलहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गराएका छन् । स्थानीय विकास मन्त्रालयबाट प्राप्त योजनालाई आफूखुसी रकम विनियोजन गरेको भन्दै अछामका साना ३ वटा दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गरेका हुन् ।
अछामको कर्णाली वरिपरि बिशेष कार्यक्रमको रकम जिल्ला विकास समितिले आफूखुसी बाँडेफाँड गरेको भन्दै जिल्लास्थित नेकपा माले, फोरम लोकतान्त्रिक र मजदुर किसान पार्टीले मुद्दा दर्ता गरेको बताइएको छ । कर्णाली वरिपरि विशेष कार्यक्रम अन्र्तगत ४ वटा शिर्षकमा प्रति योजना २० लाखमा बनाइ योजना संचालन गर्न भनी आएको १ करोड ५० लाख रकम अछामको पूर्वी क्षेत्रमा पर्ने कर्णाली नदी प्रभावित क्षेत्रका लागि आएको थियो । सो रकमलाई स्थानीय विकास अधिकारी महेन्द्रलाल श्रेष्ठको एकल अध्यक्षतामा योजना अधिकृत खेमराज जोशीले सबै दलको आवश्यक सुझाव नलिइ नेपाल सरकारले तोकेको निर्देशिका विपरितका योजनामा बाँडफाँड गरी दुरुपयोग गरेको तीन दलले आरोप लगाएका छन् ।

No comments:

Post a Comment