पानी वितरणमा भेदभावको आरोप

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३२ जेठ ।
    उत्तरगंगा गाविस वडा नं. ८ प्रगतिनगरका बासिन्दाहरुले झुप्रा खानेपानी संस्थाले पानीको वितरणमा भेदभाव गरेको आरोप लगाएका छन् । स्किम नं. ९ मा पर्ने करिव डेढ सय धारामा विगत ३ महिनादेखि पानी नआएको बताउँदै उनीहरुले विहीवार झुप्रा खानेपानी कार्यालयमा तालावन्दी गर्न आएका थिए । तर संस्थाका अध्यक्ष कूलमणि देवकोटासंग छलफल गरेपछि उनीहरुले तालावन्दी गर्ने कार्यक्रम फिर्ता लिएका थिए ।
    स्थानीय उपभोक्ता रामकुमारी थापाले पानीको पालोमा पनि कहिल्यै नआएको बताइन् । बरु हप्ताको एक दिन आएपनि चित्त बुझ्थ्यो तर तीन महिनादेखि पानी आएको छैन भन्दै उनले गण्डकी लाइनतिर दिनभर पानी आउने जनाइन् । आफू निकट उपभोक्ताहरुको धारामा दिनभर पानी आएपनि प्रगतिनगरका बासिन्दाहरुमा पानी नआएपछि बाध्य भएर तालावन्दी गर्न आएको उनले बताइन् ।
    यता झुप्रा खानेपानीका अध्यक्ष कूलमणि देवकोटाले उक्त क्षेत्रमा ६ वटा अस्थायी धारा दिने तयारी भएको बताए । पानीको संकट अहिले सवैतिर भएको बताउँदै गम्भीर रुपमा लिनसमेत उनले आग्रह गरे । 

No comments:

Post a Comment