सुर्खेत, ३२ जेठ ।
समाज जागरण केन्द्र (स्याक) नेपालले सुर्खेतमा एचआईभी एड्स रोकथाम गर्न एकीकृत कार्यक्रम लागू गरेको छ । गत बैशाखदेखि सुरु भएको सो कार्यक्रमले यौन पेशामा संलग्न महिलाहरुलाई एचआईभी एड्सबाट बच्न र सुरक्षित तवरले पेशा गर्न सिकाउने छ ।
कार्यक्रमको वारेमा जानकारी दिन विहीवार आयोजित पत्रकार सम्मेलनमा स्याकका कार्यकारी निर्देशक टिकाराम आचार्यले यौन पेशा अंगाल्ने महिलाहरुलाई लक्षित गरी यो कार्यक्रम लागू गरिएको जनाए । उनले यौन पेशा अंगालेका महिलाहरुलाई सुरक्षित तवरले पेशा गर्नुपर्ने र एचआईभी एड्सबाट बचाउनु यो कार्यक्रमको उद्देश्य रहेको जानकारी दिए । समाज जागरण केन्द्र (स्याक) नेपालले सुर्खेतमा एचआईभी एड्स रोकथाम गर्न एकीकृत कार्यक्रम लागू गरेको छ । गत बैशाखदेखि सुरु भएको सो कार्यक्रमले यौन पेशामा संलग्न महिलाहरुलाई एचआईभी एड्सबाट बच्न र सुरक्षित तवरले पेशा गर्न सिकाउने छ ।
सुरुमा असार महिनासम्म जिल्लामा २ सय २० जना यौन पेशा अंगालेका महिलाहरुसम्म पुग्नुपर्ने र ती मध्ये ७५ जनाको पहिचान गर्नुपर्नेछ । जसका लागि १० जना महिला साथी शिक्षकको छनौट गरिसकिएको छभने तीन महिनाका लागि ७ लाख ७६ हजार बजेट आएको स्याकका चन्द्रबहादुर विकले बताए । उनका अनुसार यो कार्यक्रम वीरेन्द्रनगरका साथै विजौरा, गुटु, बावियाचौर, सालकोट, पोखरीकाँडा, कुनाथरी, उत्तरगंगालगायत गाडी पुगेका का सवै स्थानहरुमा लागू हुनेछ ।
जिल्लामा पहिलो पटक कार्यक्रम लागू भएकोले थुप्रै चुनौतीहरु रहेको बताइन्छ । यौन पेशा अंगालेका महिलाहरुको पहिचान गर्न कठिन, असुरक्षालगायतका चुनौती भएकोले सवैको सहयोगले यो कार्यक्रम जिल्लामा संचालन गर्न लागिएको स्याकका अध्यक्ष गोपीकृष्ण ढकालले बताए ।
No comments:
Post a Comment