यु–१४ को उपाधि सैनिक आवासीय विद्यालयलाई

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३२ जेठ ।
    युथ–१४ जिल्लास्तरीय फुटवलको उपाधि सैनिक आवासीय विद्यालयले जितेको छ । विहीवार आयोजित फाइनल खेलमा एसओएसलाई ० का विरुद्ध २ गोल गरी सैनिक विद्यालयले उपाधि जितेको हो । विजेता टोलीको तर्फबाट सुसन शाही र प्रवल बस्नेतले एक/एक गोल गरेका थिए । प्रतियोगितामा जन उच्च माविका अरुण गाहा मगर उत्कृष्ट खेलाडी, सैनिक आवासीय विद्यालयका सुलभ शाह उत्कृष्ट गोलरक्षक र एसओएसका रुद्र रोकाय सर्वाधिक गोलकर्ता घोषित भएका चन्द्रप्रकाश शाहीले जानकारी दिए ।
    विजेता तथा उपविजेता टोलीलाई सुर्खेतका प्रहरी प्रमुख एसपी गोविन्दराम परियार, उत्तरगंगा गाविसका सचिव मीनबहादुर थापा, परिवर्तनशील युवा क्लवका अध्यक्ष पुष्कर खड्काले ट्रफी तथा मेडल प्रदान गरेका थिए ।
    उत्तरगंगा गाविसको आर्थिक सहयोग तथा परिवर्तनशील युवा क्लवको आयोजना र जिल्ला फुटवल संघ सुर्खेतको समवन्य भएको प्रतियोगितामा जिल्लाका १९ वटा टोलीले भाग लिएका थिए । 

No comments:

Post a Comment