छिन्चुमा सार्वजनिक सुनुवाई

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३२ जेठ ।
    गाउँगाउँबाट सार्वजनिक सुनुवाईको थालनी गरांै भन्ने मूल नाराका साथ असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतले जिल्ला पशुसेवा कार्यालय सुर्खेतको सहयोग तथा पशु उपकेन्द्र छिन्चुको समन्वयमा विहीवार सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
    कार्यक्रममा जवाफदेही वक्ताका रुपमा जिल्ला पशुसेवा कार्यालय सुर्खेतका पशु विकास अधिकृत जीवराज पौडेल, पशु उपकेन्द्र छिन्चुका भोजराज चपाई रहेका थिए । कार्यक्रममा पशु उपकेन्द्रलाई सेवा केन्द्रमा परिणत गरी कर्मचारीको पदपूर्ति गर्नुपर्ने, कृत्रिम गर्भाधान सेवालाई प्रभावकारी बनाउने, नियमित सेवा प्रदान गर्नेलगायतका विषयमा प्रतिबद्धता जनाइएको छ । कार्यक्रम असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतका अध्यक्ष हरिप्रसाद अधिकारीले सहजीकरण गरेका थिएभने राजनितिक दलका प्रतिनिधि, स्थानीय सेवाग्राही लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

No comments:

Post a Comment