भक्तपुर, ३२ जेठ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसवर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षाका सहभागी परीक्षार्थीहरूको लब्धांक पत्र, प्रमाणपत्र र लेजर दुई सातापछि जिल्ला जिल्ला पठाउने भएको छ । कार्यालयले बुधबार सार्वजनिक गरेको नतिजाको मार्कसिट, सर्टिफिकेट र लेजर एकैपटक जिल्ला–जिल्ला पठाइने भएकाले केही समय लाग्ने परीक्षा नियन्त्रक डिल्लीराम रिमालले बताए ।
सर्टिफिकेट र लेजर प्रिन्ट गर्न समय लाग्ने भएकाले अबको दुई सातापछि सबै परीक्षार्थीको मार्कसिट, सर्टिफिकेट र लेजर जिल्ला शिक्षा कार्यालयमा पठाउने र जिल्ला शिक्षा कार्यालयले सम्बन्धित विद्यालयलाई वितरण गर्नेछ’, उनले भने । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसवर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षाका सहभागी परीक्षार्थीहरूको लब्धांक पत्र, प्रमाणपत्र र लेजर दुई सातापछि जिल्ला जिल्ला पठाउने भएको छ । कार्यालयले बुधबार सार्वजनिक गरेको नतिजाको मार्कसिट, सर्टिफिकेट र लेजर एकैपटक जिल्ला–जिल्ला पठाइने भएकाले केही समय लाग्ने परीक्षा नियन्त्रक डिल्लीराम रिमालले बताए ।
त्यसैगरी कार्यालयले बढीमा दुई विषय अनुत्तीर्ण हुने परीक्षार्थीका लागि आगामी साउन १७ गते बुधबारदेखि सुरु भएर २४ गते बुधबार सम्पन्न हुने पूरक परीक्षामा यसवर्ष एक लाख २१ हजार परीक्षार्थी सहभागी हुने नियन्त्रक रिमालले बताए । त्यसका लागि आवश्यक तयारीसमेत सुरु भइसकेको उनको भनाइ छ ।
कार्यालयले राम्रोसंग परीक्षा सञ्चालन गर्ने ४० जिल्लाका ४३ वटा केन्द्र र केन्द्राध्यक्षलाई आगामी असार महिनामा क्रमश: रु १५ हजार र रु १० हजारका दरले पुरस्कार दिने भएको छ । परीक्षा सञ्चालनका क्रममा मर्यादा विपरित कार्य गर्ने तीन केन्द्राध्यक्ष, ३९ निरीक्षक र एक हजार ४३७ परीक्षार्थीलाई कारबाही गरिएको र तीमध्ये ११७ परीक्षार्थीको सबै विषयको परीक्षा रद्द गरिनुका साथै २०६९ सालमा लिइने परीक्षामा समेत सहभागी हुन नपाउने गरी कारबाही गरिएको थियो ।
No comments:
Post a Comment