असार २ देखि ‘लायन्स सप्ताह’ सुरु

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३२ जेठ ।
    लायन्स क्लव अफ सुर्खेत बुलबुलेले यही असार २ गतेदेखि ६ गतेसम्म ‘लायन्स सप्ताह’को आयोजना गर्ने भएको छ । सप्ताहको पहिलो दिन असार २ गते मंगलगढी चोकदेखि वीरेन्द्रचोकमा मोटरसाइकल स्लो ड्राइभिङ प्रतियोगिता, असार ३ र ४ गते ट्राफिक जनचेतना कार्यक्रम, असार ५ गते साइबर कानुन सम्वन्धी तालिम, असार ६ गते समापन कार्यक्रम गर्ने लायन्स क्लव अफ सुर्खेत बुलबुलेका अध्यक्ष टिकाराम चपाईंले जानकारी दिए ।
    उनले सुर्खेतमा पहिलो पटक मोटरसाइकल स्लो ड्राइभिङ प्रतियोगिता गर्न लागिएको जानकारी दिदैं सवारी साधन तीव्र गतिमा चलाउँदा दुर्घटना बढी हुनेभएकोले दुर्घटनामा न्यूनीकरण गर्न सो प्रतियोगिता गरिएको उल्लेख गरे । उनका अनुसार लायन्स सप्ताह नौलो रुपमा गर्न लागिएको छ । स्लो ड्राइभिङ प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ५ हजार, तेस्रो हुनेलाई १ हजार हेल्मेट तथा चौथो र पाँचौं हुनेलाई हेल्मेट पुरस्कार दिने अध्यक्ष चपाईंले बताए । 

No comments:

Post a Comment