सुर्खेतमा २१ प्रतिशतमात्रै उत्तीर्ण, विशिष्टतर्फ ४४ जना
सुर्खेत, ३१ जेठ ।
फलामे ढोकाको रुपमा मानिने एसएलसीमा यस बर्ष नियमित तर्फ ४७.१६ प्रतिशत उत्तीर्ण भएका छन् र एक्जेम्टेड तर्फ १३.७० प्रतिशत उत्तीर्ण भएका छन् ।
नियमिततर्फ कूल ४ लाख १९ हजार १९ सहभागी मध्ये १ लाख ९७ हजार ६ सय ३८ उत्तीर्ण भएका छन् । त्यस मध्ये विशिष्ट श्रेणीमा १७ हजार ७ सय ६०, पहिलो श्रेणीमा ७७ हजार २ सय ९७, दोस्रो श्रेणीमा ९३ हजार ८ सय ३० र तेस्रो श्रेणीमा ८ हजार ७ सय ९१ उत्तीर्ण भएका छन् ।
त्यसैगरी एक्जेम्टेडतर्फ कूल ७६ हजार ९ सय ७९ सहभागी मध्ये १० हजार ५ सय ९५ उत्तीर्ण भएका छन् । त्यसमध्ये पहिलो श्रेणीमा १ सय २६, दोस्रो श्रेणीमा ७ हजार ५ सय ९५ र तेस्रो श्रेणीमा २ हजार ८ सय २८ उत्तीर्ण भएका छन् । परीक्षामा पाँच नम्बर ग्रेस दिइएको थियो ।
यसबर्षको एसएलसी नतिजा विगतको भन्दा कमजोर देखापरेको छ । गतबर्ष करिव ५६ प्रतिशतले एसएलसी उत्तीर्ण गरेका थिए । त्यसको तुलनामा यसबर्ष झण्डै १० प्रतिशतले कम विद्यार्थी उत्तीर्ण भएका छन् ।
यसैवीच सुर्खेतमा यसपटकको नतिजा गतबर्षको भन्दा आधाले घटेको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार गतबर्ष नियमिततर्फ ४२ प्रतिशत उत्तीर्ण भएका थिए । तर यसपटक केवल २१.४७ प्रतिशत उत्तीर्ण भएका छन् । सुर्खेतमा नियमिततर्फ ५ हजार ७ सय ८२ परीक्षार्थी सहभागी थिए । जसमा १ हजार २ सय ४४ जना परीक्षार्थी उत्तीर्ण हुन सफल भएका छन् । विशिष्ट श्रेणीमा ४४ जना, प्रथम श्रेणीमा ४ सय ३३ जना, द्वितीय श्रेणीमा ६ सय ४० जना र तृतीय श्रेणीमा १ सय २४ जना उत्तीर्ण हुन सफल भएका छन् । यसैगरी एक्जेम्टेडतर्फ २ हजार ७० परीक्षार्थीमा केवल १ सय ३३ जना उत्तीर्ण भएका छन् । जसमा प्रथम श्रेणीमा एक जना, द्वितीय श्रेणीमा ८४ जना, तृतीय श्रेणीमा ४८ जना उत्तीर्ण भएका छन्. । एक्जेम्टेडतर्फ सुर्खेतमा ६.४३ प्रतिशत उत्तीर्ण भएका छन् ।
यता परीक्षा नियन्त्रण कार्यालयका अनुसार जनता माध्यमिक बिद्यालय, महतगाउँ, जुम्लाका २ सय ९७ बिद्यार्थीको परीक्षा रद्द गरिएको छ । परीक्षामा अनियमितता गरिएको भन्दै परीक्षामा खटिएका अधिकारी तथा शिक्षकहरुसमेत कारवाही गरिएको जनाएको छ । साथै उक्त विद्यालयलाई दुई बर्षका लागि परीक्षामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको बताइएको छ ।
अघिल्लो बर्षको तुलनामा यसपटक धेरैलाई पाँच वटा विषयसम्म लागेको छ । अंग्रेजी, गणित र विज्ञानका अतिरिक्त सामाजिक विषयपनि लागेको छ । दुई विषयसम्म लागेका विद्यार्थीहरुले पूरक परीक्षा दिन पाउने बताइएको छ ।

No comments:
Post a Comment