रोपाईं गरी धान दिवस मनाइयो

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १५ असार ।
    जिल्ला कृषि विकास कार्यालय सुर्खेतले ९ औं धान दिवसका अवसरमा लाटिकोइली–३ मनिकापुरमा शुक्रबार रोपाई गरी मनाएको छ । ‘धान, खाद्य सुरक्षाको लागि वरदान’ भन्ने नाराका साथ मनिकापुरमा रापोई गरी धान दिवस मनाइएको हो । क्षेत्रीय प्रशासक ज्ञानदर्शन उदासले प्रयाप्त सिंचाई सुविधाको अभावमा सुर्खेतका अधिकांश कृषि योग्य जमिनमा रोपाई हुन नसकेको बताए ।
लोमो खडेरीबाट अताल्लिएका कृषकहरुलाई वीऊ र रासायनिक मलको अभावले झन् पीडा थपिएको उनले बताए । जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत विजयकुमार गिरीले धान खाद्य सुरक्षाको प्रमुख स्रोत भएको बताए ।
    उनले धान जुनसुकै समयमा पनि अति आवश्यक पर्ने भएकोले यसको उत्पादनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए । अधिकृत गिरीले स्थानीय तथा पूराना धानका वीऊहरुलाई समेत जगेर्ना गर्नुपर्ने बताए । उनले केही समय यता वनमा पनि विभिन्न किसिमका धान फेला परेकोले यसलाई संरक्षण गरेमा भविष्यमा धान उत्पादनको कमीलाई कम गर्न सकिने बताए । सुर्खेतमा जम्मा जमिनको करिब ३७ प्रतिशत जमिनमा धान खेती गर्ने गरिएको छ । विश्वको एसिया महादेशमै सबै भन्दा बढी धान उत्पादन हुने र त्यसमा पनि छिमेकी मुलुक चीन धान उत्पादनमा एक नम्बर भएकोमा त्यसको पाठ नेपालीले पनि सिक्नुपर्ने उनले बताए । हाल सुर्खेतमा विन्देश्वरी सबै भन्दा बढी उत्पादन हुने बताइएको छ । त्यस्तै हर्दिनाथ, लोकतन्त्र, राधा, सुख्खा १, सुख्खा २, सुख्खा ३ लगायतका धानहरु लगाइन्छ ।

No comments:

Post a Comment