सुर्खेत, १५ असार ।
नेपाल अर्बुद रोग निवारण संस्था शाखा सुर्खेतले बीरेन्द्रनगरमा शुक्रवार क्यान्सर समस्या र समाधानका उपाय विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । जिल्ला बिकास समिति सुर्खेतको युवा साझेदारी कार्यक्रमको सहयोगमा संचालित प्रतियोगितामा इन्टरनेशनल को–अपरेटिभ एकेडेमीका पुजा खड्का प्रथम, मावि बीरेन्द्रनगरका गोविन्द शाही द्वितीय, उषाबालबाटिका सुर्खेतका सुष्मा दाहाल तृतीय र जनउच्च मावि वीरेन्द्रनगरका पुजा शाहीले सान्त्वना स्थान हासिल गरेका छन् ।
कार्यक्रममा जिल्ला विकास समिति सुर्खेतका इन्जिनियर ओम दत्त रेग्मीले शिक्षालाई अंक प्राप्त गर्न र प्रतियोगितामा सफलता पाउनका लागि मात्र नभै जीवनशैलीमा लागू गर्नुपर्ने बताए । कार्यक्रममा क्यान्सर रिलिफ सोसाइटीका मध्य तथा सुदूरपश्चिम ंसंयोजक नारायण कोइराल र सुर्खेत शाखा सदस्य जयबहादुर बिसीले क्यान्सर रोग समयमै उपचार गरे निको हुने भएकाले यसका बारेमा प्रत्यक ब्यक्तिलाई सचेत गराउनुपर्ने बताए । अर्वुद रोग निवारण संस्था सुर्खेत शाखाका सभापति कर्णबहादुर थापाको सभापतित्वमा सम्पन्न प्रतियोगिताको निर्णायक गंगा के.सी. र तेजकुमारी जि.सी. रहेका थिए । नेपाल अर्बुद रोग निवारण संस्था शाखा सुर्खेतले बीरेन्द्रनगरमा शुक्रवार क्यान्सर समस्या र समाधानका उपाय विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । जिल्ला बिकास समिति सुर्खेतको युवा साझेदारी कार्यक्रमको सहयोगमा संचालित प्रतियोगितामा इन्टरनेशनल को–अपरेटिभ एकेडेमीका पुजा खड्का प्रथम, मावि बीरेन्द्रनगरका गोविन्द शाही द्वितीय, उषाबालबाटिका सुर्खेतका सुष्मा दाहाल तृतीय र जनउच्च मावि वीरेन्द्रनगरका पुजा शाहीले सान्त्वना स्थान हासिल गरेका छन् ।
No comments:
Post a Comment