सुर्खेतको तापक्रम ४२.५ डिग्री, अहिलेसम्मकै उच्च, जनजीवन अस्तव्यस्त

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३० जेठ ।
    सुर्खेतमा अहिलेसम्मकै सवैभन्दा बढी गर्मी भएको छ । क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका अनुसार मंगलवार मापन गरिएको तापक्रममा वीरेन्द्रनगरको तापक्रम ४२.५ डिग्री पुगेको छ । यसअघि सवैभन्दा बढी स्न २००५ को जुन १८ मा ४१.८ डिग्री पुगेको थियो । यहाँ बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । चर्को गर्मीले वातावरण नै प्रभावित भएको छ ।
    चढ्दो गर्मीसंग पानी नपर्दा कृषकहरु चिन्तामा छन् । खेतमा वीऊ राख्ने समयमा पानी नपर्दा उनीहरु चिन्तामा परेका हुन् । खेतका गराहरुमा धाँजा फाटेको छ ।
    यसका साथै खानेपानीका इनार र कुवाहरु पनि सुकेको छ । खानेपानीको पनि संकट परेको छ ।

No comments:

Post a Comment