सुर्खेत, ३० जेठ ।
सुर्खेतस्थित पाँच विद्यार्थी संगठनहरुले वीरेन्द्रनगर–९ मिलडाँडामा अस्थायी बसपार्क बनाउन दिने सहमति गरेका छन् । नगरपालिका कार्यकारी अधिकृत यामलाल ढकालको अध्यक्षतामा मंगलवार विद्यार्थी संगठनसंग वार्ता भएको हो । वार्तामा मप विश्वविद्यालयका डीन पीताम्बर ढकाल, राजनीतिक दलका शीर्षस्थ नेतृत्वका पनि उपस्थिति थियो ।
सहमति अनुसार हर्न बजाउन नपाउने, ग्राभेल क्याम्पसतिर नच्यापी दक्षिणी राजमार्गतिर च्याप्नुपर्ने, बस पार्किङ गर्न निश्चित स्थान तोक्नुपर्ने, क्याम्पस क्षेत्रभित्र ठूला सवारी साधन जान नपाउने र पाँच महिनाभित्र अस्थायी बसपार्क सार्नुपर्ने बुँदामा सहमति भएको वीरेन्द्रनगर नगरपालिकाका प्रशासन तथा अनुगमन अधिकृत प्रकाश पौडेलले बताए । यसका साथै पौडेलकै संयोजकत्वमा सहमति कार्यान्वयन भए नभएको अनुगमन गर्न एक समिति गठन गरिएको छ । जसमा निर्माण उपभोक्ता समितिका पदाधिकारी तथा विद्यार्थी संगठनहरुका प्रतिनिधिहरुको सहभागिता छ । विद्यार्थी संगठनवीच सहमति भएपछि उनीहरुले घोषणा गरेको आन्दोलन फिर्ता लिएका छन् । सुर्खेतस्थित पाँच विद्यार्थी संगठनहरुले वीरेन्द्रनगर–९ मिलडाँडामा अस्थायी बसपार्क बनाउन दिने सहमति गरेका छन् । नगरपालिका कार्यकारी अधिकृत यामलाल ढकालको अध्यक्षतामा मंगलवार विद्यार्थी संगठनसंग वार्ता भएको हो । वार्तामा मप विश्वविद्यालयका डीन पीताम्बर ढकाल, राजनीतिक दलका शीर्षस्थ नेतृत्वका पनि उपस्थिति थियो ।
No comments:
Post a Comment