सडक नाटक उपलब्धिमुलक

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सर्खेत, १३ असार ।
    देउती यूनेस्को क्लव सुर्खेतको आयोजना तथा नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको आर्थिक सहयोगमा प्रदर्शन गरिएका सडक नाटक उपलब्धिमुलक भएको ठहर गरिएको छ ।
    द्वन्द्व व्यवस्थापन तथा शान्ति निमार्णमा स्थानीयको भूमिका अभिबृद्धि जनचेतना जगाउने उद्देश्यले संचालित सडक नाटक समग्ररुपमा उपलब्धि मुलक रहेको बताइएको छ । सो सडक नाटकको अनुगमन तथा मूल्यांकन गरेको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सुर्खेतका अध्यक्ष मोहन गुरुङले नाटकले लक्षित समुदायसम्म पुगेकाले यो कार्यक्रम सफल भएको दावी गरेका छन् ।
    सो सडक नाटक सुर्खेतको नेटा, पाम्का, गर्पन, साटाखानी, कल्याण र दशरथपुर गाविसमा प्रदर्शन गरिएकिो थियो । नाटकमा विहानी राना, पूर्णबहादुर खड्का, माया गुरुङ, कमला दर्लामी, युवराज पंगाली, चन्द्रा सारु, मनिषा सिजाली, अनिशा सिंजापति, नम्रता थापा, गणेश गाहा र नरबहादुर सारुलगाएतका कलाकारको सहभागिता रहेको थियो । सडक नाटकको लेखन प्रेमप्रकाश लामिछाने र निर्माला थापाले गरेको क्लवका अध्यक्ष भिमबहादुर सिंजालीले बताए ।

No comments:

Post a Comment