गायक गुरुङलाई आर्थिक सहयोग

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
दाङ, १३ असार ।
    क्यान्सरपीडित श्रीमतीको उपचारका लागि सहयोग जुटाउन जिल्ला दौडाहामा निस्केका पुराना आधुनिक गायक विनोद गुरुङलाई यहाँ गुरुङ समुदायले आर्थिक सहयोग गरेका छन् । गुरुङ जातिको बाक्लो बसोवास रहेको तुलसीपुर नगरपालिका–१० दमारगाउँमा मंगलबार गुरुङ समुदायले गायक गुरुङलाई रु. ५० हजार सहयोग उपलब्ध गराएका हुन् ।
    तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद् दाङको आयोजनामा भएको कार्यक्रममा उनलाई उक्त आर्थिक सहयोग गरिएको तमु धिं दाङका अध्यक्ष ओम गुरुङले जानकारी दिए । गायक गुरुङकी श्रीमती छालाको क्यान्सरबाट पीडित छिन् । गुरुङले सो अवसरमा आफ्नो चर्चित ‘जीवन हाम्रो संग्लो पानी हो, सललल दाजै खोलाझैं बग्यो सललल’ बोलको गीत गाएर सुनाएका थिए । 

No comments:

Post a Comment