चक्कु प्रहार गरी हत्या

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
दैलेख, १३ असार ।
    पश्चिम दैलेखको चामुण्डा गाविस–५ मा चक्कु प्रहारबाट एक युवकको ज्यान गएको छ । स्थानीय चिया पसलमा नास्ता खाएको पैसा तिर्ने विवादका क्रममा गोरख शाहीले सोही ठाउँका जीवन विकको हत्या गरेका हुन् ।
    भारतको नैनीतालबाट घर नपुग्दै विकको सामान्य विवादमा ज्यान गएको हो । चक्कु प्रहार गर्ने गोरख शाहीलाई स्थानीयबासीले नियन्त्रणमा लिई दुल्लु प्रहरीलाई बुझाएका थिए ।
    प्रहरीले भने दुवै जनाले मदिरा सेवन गरेको बताएको छ । होटलमा लोकल मदिरा सेवन गरेको ८० रुपैयाँ तिर्ने विषयमा उनीहरुबीच विवाद चुलिएको स्थानीयले बताएका छन् ।
    भारतबाट घर फर्कने आशामा बाटो कुरेर बसेका परिवारका सदस्यहरु जीवनको मृत्युको घटनाले शोकमा डुबेका छन् ।

No comments:

Post a Comment