सुर्खेत, १४ असार, ।
कमाइ गर्न भारत गएका आमाबुवा उतै वेपत्ता भएपछि विचल्लीमा परेका तीन जना बालबालिलाई काठमाडौंस्थित एक गैरसरकारी संस्थाले उद्धार गरेको छ । यही असार ९ गतेको स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा बावुआमा बेपत्तापछि तीन सन्तानको बिचल्ली शिर्षकमा समाचार प्रकाशन भएपछि महिला तथा बाल विकास मञ्च नेपाल काठमाडौंले उनीहरुको उद्धार गरेको हो ।
पश्चिम सुर्खेतको लगाम गाविस वडा नं. १ इचलाका तिलकसिंह बडुवाल र गांगादेवि बडुवाल भारतमा डेढ वर्षअघि वेपत्ता भएपछि उनका तीन सन्तान ६ वर्षीया प्रकाश बडुवाल, ४ वर्षीया रोहित बडुवाल र २ वर्षीया कल्पना भन्ने काजल बडुवाल विचल्लीमा परेका थिए । विचल्लीमा परेका प्रकाश, रोहित र काजल (कल्पना) लाई उनका अभिभावकहरुले प्रहरीको स्थलगत सर्जमिन मुचुल्का र गाविसको शिफारिसमा मञ्चका अध्यक्ष दुर्गा आचार्यसहितको टोली विहीवार जिम्मा लगाएका हुन् । उनीहरुलाई उच्च शिक्षा प्रदान गर्न सकिने मञ्चकी अध्यक्ष दुर्गा आचार्यले बताइन् ।
आफ्नो संस्थाले यसरी विचल्लीमा परेका बालबालिकाहरुलाई उनीहरुको भविष्यमा काम लाग्ने प्राविधिक शिक्षा दिने लक्ष्य लिएको उनको भनाई छ । कमाइ गर्न भारत गएका आमाबुवा उतै वेपत्ता भएपछि विचल्लीमा परेका तीन जना बालबालिलाई काठमाडौंस्थित एक गैरसरकारी संस्थाले उद्धार गरेको छ । यही असार ९ गतेको स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा बावुआमा बेपत्तापछि तीन सन्तानको बिचल्ली शिर्षकमा समाचार प्रकाशन भएपछि महिला तथा बाल विकास मञ्च नेपाल काठमाडौंले उनीहरुको उद्धार गरेको हो ।
पश्चिम सुर्खेतको लगाम गाविस वडा नं. १ इचलाका तिलकसिंह बडुवाल र गांगादेवि बडुवाल भारतमा डेढ वर्षअघि वेपत्ता भएपछि उनका तीन सन्तान ६ वर्षीया प्रकाश बडुवाल, ४ वर्षीया रोहित बडुवाल र २ वर्षीया कल्पना भन्ने काजल बडुवाल विचल्लीमा परेका थिए । विचल्लीमा परेका प्रकाश, रोहित र काजल (कल्पना) लाई उनका अभिभावकहरुले प्रहरीको स्थलगत सर्जमिन मुचुल्का र गाविसको शिफारिसमा मञ्चका अध्यक्ष दुर्गा आचार्यसहितको टोली विहीवार जिम्मा लगाएका हुन् । उनीहरुलाई उच्च शिक्षा प्रदान गर्न सकिने मञ्चकी अध्यक्ष दुर्गा आचार्यले बताइन् ।
विचल्लीमा परेका बालबालिकालाई संस्थाको जिम्मा लगाउँदै बालबालिकाका आफन्त मोहन बडुवालले पालनपोषण र पढाइ लेखाइमात्र नभइ उनीहरुको भविष्य बनाउने काम संस्थाको जिम्मेवारीमा आएको बताए । उनले संस्थाले उद्धार गरेपछि बालबालिका बिचल्ली हुनबाट जोगिएको मात्र नभइ भविष्य बनाउने अवसर पाएको जिकिर गरे । उनीहरुले हासिल गरेको प्राविधिक शिक्षाले उनीहरुकै गाउँघरमा काम गर्न सक्नेसमेत उनले बताइन् । उनीहरुको इच्छा अनुसारको शिक्षा यस संस्थाले उपलब्ध गराउने सक्ने बेलासम्म प्रदान गर्ने उनले बताइन् । बालबालिकाका अभिभावकहरुले काठमाडौं आएको बेला उनीहरुलाई भेट्न दिइने व्यवस्थासमेत गरएको संस्थाका अध्यक्ष आचार्यको भनाइ छ ।
उनीले सहजैरुपमा नागरिकता बनाउन सकिने गरी उनका काका नता पर्ने तारासिंह वडुवाले गाविसमा जन्म दर्ता समेत गराएका छन् । आफ्नो आर्थिक अवस्था कमजोर भएकाले उनीहरुलाई आफैसंग राखेर पढाउन नसक्ने भएकाले संस्थाको जिम्मा लगाउँदा उनीहरुको भविष्य उज्ज्वल हुने काका तारासिंह वडुवालले बताए । अभिभावक विहीन भएका ती बालबालिकालाइ डेढ वर्षअघि भारतबाट ल्याइ आफूलाई जिम्मा लगाइएको आफन्त तारासिंहले बताए ।
No comments:
Post a Comment