सुर्खेत, १४ असार ।
सुर्खेतका किसानहरुले रोपाइ गर्ने समय हुँदासमेत सरकारले रासायनिक मल उपलब्ध नगराएको भन्दै वीरेन्द्रनगरस्थित नेता चौकमा विहीरवार रोपाई गरेका छन् । रोपाई सुरु हुने बेलासम्म पनि सरकारले किसानहरुलाई आवश्यक मल उपलब्ध गराउन नसकेको भन्दै चौकमा रोपाई गरेका हुन् । धान रोपाई कार्यक्रममा कृषि सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत विसीले सरकारले रोपाईको लागि रासायनिक मल उपलब्ध नगराए विभिन्न चरणका आन्दोलन समेत गर्ने चेतावनी दिए । खडेरीले किसानलाई सताई रहेका बेला सरकारले पनि कृषकलाई आवश्यक मल उपलब्ध नगराउँदा उत्पादनमा कमि हुने समेत उनले बताए ।
यसैगरी किसान महासंघका अध्यक्ष विनोद गिरीले कृषकलाई आवश्यक मल उपलब्ध गराउने सम्वन्धित निकाय मौन रहेको आरोप लगाए । सरकारले प्रयाप्त मल किसानहरुलाई दिन नसकेको भन्दै उत्पादनमा कमी भए त्यसको जिम्मेवार सरकार नै हुने उनले जिकिर गरे । रोपाइ कार्यक्रममा करिब एक सयभन्दा बढी कृषकहरुको सहभागीता रहको थियो ।सुर्खेतका किसानहरुले रोपाइ गर्ने समय हुँदासमेत सरकारले रासायनिक मल उपलब्ध नगराएको भन्दै वीरेन्द्रनगरस्थित नेता चौकमा विहीरवार रोपाई गरेका छन् । रोपाई सुरु हुने बेलासम्म पनि सरकारले किसानहरुलाई आवश्यक मल उपलब्ध गराउन नसकेको भन्दै चौकमा रोपाई गरेका हुन् । धान रोपाई कार्यक्रममा कृषि सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत विसीले सरकारले रोपाईको लागि रासायनिक मल उपलब्ध नगराए विभिन्न चरणका आन्दोलन समेत गर्ने चेतावनी दिए । खडेरीले किसानलाई सताई रहेका बेला सरकारले पनि कृषकलाई आवश्यक मल उपलब्ध नगराउँदा उत्पादनमा कमि हुने समेत उनले बताए ।
यसैगरी कृषि क्षेत्रमा कार्यरत विभिन्न ५ संघसंगठनहरुले कृषि सम्वन्धी १३ बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्ला कृषि सहकारी संघ, अखिल नेपाल किसान संघ, खाद्य अधिकार संजाल, अखिल नेपाल किसान महासंघ र जल उपभोक्ता महासंघ सुर्खेतले सरकारले अनुदानमा दिंदै आएको रासायनिक मलको व्यवस्था गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएको हो ।
सुर्खेतमा प्रस्तावित सित भण्डारका लागि यस आर्थिक वर्षमा बजेट छुट्याउनु पर्ने, जिल्लामा हुने किसानसंग सम्बन्धित नीति निर्माण, योजना तर्जुमा, बजेट विनीयोजन तथा किसानहरुसंग सम्बन्धित कार्यक्रम गर्दा किसान संगठनको प्रतिनिधित्व अनिवार्य गराउनुपर्ने, बजारमा बेच बिखन भैरहेका रासायनिक मलहरुको गुणस्तरीयता जाँच गरी गर्नुपर्ने, कृषिको उत्पादकत्व बृद्धिका लागि कृषकलाई व्यवसायीकरण, बैज्ञानिकरण र सहकारीकरण गर्ने विषेश कार्यक्रम ल्याइनु पर्नेलगाएतका माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

No comments:
Post a Comment