सुर्खेत, ११ असार ।
उत्तरगंगा–३ की ललिता वादी अब सरकारले बनाइदिएको सुविधायुक्त घरमा सुत्न पाउने भएकी छन् । सरकारले जनता आवास कार्यक्रम अन्र्तगत घर बनाउन सहयोग गरेपछि ललिताको परिवार झुपडिबाट सुविधायुक्त घरमा सुत्न पाउने भएका हुन् । कमजोर आर्थिक अवस्थाका कारण घर बनाउन नसक्दा छ दशकदेखि बारिएको झुपडीमा दिन विताउँदै आएकी ललिता अहिले सरकारले उपलब्ध गराएको रकमबाट घर बनाउने अभियानमा जुटेकी छन् । घर बनाउने दोस्रो किस्ताको रकम लिन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पुगेकी उनले भनिन्, ‘झुपडिमा बस्दै आएका थियौं, अब घरमा सुत्न पाइने भयो ।’
सरकारले जनता आवास कार्यक्रम अन्तर्गत सुविधायुक्त सस्तो घर बनाइ दिने योजनामा आफू नपरेको गुनासो पोख्न शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पुगेकी बाबियाचौर–४ की दिलसरा वादीले अगुवाको मात्रै घर छनोट भएको आरोप लगाइन् । उनले भनिन्, ‘वर्षामास खलामा बसेर रात काट्नु परेको छ, घर हुनेखाने कै बन्ने भयो ।’उत्तरगंगा–३ की ललिता वादी अब सरकारले बनाइदिएको सुविधायुक्त घरमा सुत्न पाउने भएकी छन् । सरकारले जनता आवास कार्यक्रम अन्र्तगत घर बनाउन सहयोग गरेपछि ललिताको परिवार झुपडिबाट सुविधायुक्त घरमा सुत्न पाउने भएका हुन् । कमजोर आर्थिक अवस्थाका कारण घर बनाउन नसक्दा छ दशकदेखि बारिएको झुपडीमा दिन विताउँदै आएकी ललिता अहिले सरकारले उपलब्ध गराएको रकमबाट घर बनाउने अभियानमा जुटेकी छन् । घर बनाउने दोस्रो किस्ताको रकम लिन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पुगेकी उनले भनिन्, ‘झुपडिमा बस्दै आएका थियौं, अब घरमा सुत्न पाइने भयो ।’
जग्गा भएर पनि घर बनाउन नसकेका वादी, गन्र्धव र कुसुण्डा समुदायका लागि सुविधायुक्त घर बनाउन सरकारले ल्याएको जनता आवास कार्यक्रम अन्र्तगत घर बनाउने अभियानले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्राविधिकलाई भ्याइनभ्याइ भएको छ ।
घर बनाउन नसकेका जिल्लाका विभिन्न स्थानमा बसोवास गर्ने २१ वादी समुदाय, २० गन्र्धव र ३ कुसुण्डा समुदायका लागि टिनको छाना सहितको दुई कोठा र बराण्डको घर निर्माणको काम भइरहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । कायालयले घर निर्माणको काम सबै ठाउँमा सुरु भएकाले चालु आर्थिक वर्षमा नै पुरा हुने जनाएको छ ।
स्थानीय निकाय वा सुकुम्वासी आयोगले दिएको अस्थायी जग्गा दर्ता प्रमाणपत्र भएका वादी, गन्र्धव र कुसुण्डालाई १ लाख ७० हजारको लागतमा प्रति कच्ची घर बनाउन सरकारले सहयोग गरेको थियो । घर निर्माण लागि तत्कालिन सभासदहरु कमला शर्मा संयोजक, खड्क वस्याल र मंगल विश्वकर्मा सदस्य रहेको जिल्लास्थित समन्वय समितिले चालु आर्थिक वर्षमा घर बनाउन जिल्लाका विभिन्न स्थानका वादी र गन्र्धव समुदायबाट छनोट गरेको थियो ।
उनीहरुको समितिले वादी समुदायका लागि राकममा ५, छिन्चु ३, लाटिकोइली २, उत्तरगंगा ३, वावियाचौर, विजौरा, कुनाथरी, अवलचिङ, कल्यान, दशरथपुर, साटाखानी र वीरेन्द्रनगरमा १/१ गरी २१ वटा घर निर्माणको छनौट गरेको थियो ।
त्यसैगरी गन्र्धव समुदायका लागि मेहेलकुनामा–६, वीरेन्द्रनगर–६, उत्तरगंगा–४, जर्बुटा ३ र लेखपराजुलमा–१ गरी २० वटा घर निर्माण सुरु भएको र सहारे तथा लेखपराजुलमा कुसुण्डाका ३ घर निर्माण गर्ने निर्णय भएको थियो । स्थानीय समुदायको सम्लग्नतामा गठित उपभोक्ता समितिद्वारा घर निर्माणको काम गर्न किस्ता बन्दीमा रकम उपलब्ध गराइएको छ । जाजरकोट र दैलेखमा वादी समुदायलाई १०/१० घर बनाउने काम अन्तिम चरणमा पुगेको डिभिजन कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment