![]() |
| पदम दाहाल |
प्राकृतिक साधन स्रोतलाई उपयोग गर्दै मानिस आजको यो विकासित युगको सुरुवात भएको हो । पानीबाट विद्युत उत्पादन खेती उत्पादन, खेती सिंचाइ, मिलजस्ता उद्योग पानीकै उपयोगबाट भएको छभने त्यही ढुंगा माटोलाई उपयोगमा ल्याएर मानिसले आफ्नो बासस्थान (घर)हरु बनाएर हावा पानी र गार्मीबाट बच्ने गरेको छ । यसैले मानवले यही पृथ्वी र भूमण्डलबाट आफ्नो अनुकूलताको विकास निर्माण गरेको छ । जब कुनै चिजबस्तुबाट आफ्ना आधारभुत कुरा पुरा हुने सोच देखेपछि त्यस्को खोजी र अनुसन्धान गर्न थाल्दछ तर कतिपय ठाउँ स्थानहरु मानवहरुका लागि अति सुन्दर, अनुकूलता र सरल सुविधा पुग्ने भएपनि मेसो नपाउँदा भेउ नहुँदासम्म त्यस्ता स्थान ओझेलमा परेका हन्छन् र त्यसबाट लिने फाइदाहरु अवसरहरु खेर गइरहेका हुन्छन् । नेपाल विश्वको एउटा यस्तो देश हो जहाँ संसारको सबैभन्दा बढी साना ठूला नदीनालाहरु छन् विश्वमा दुर्लभ देखिएको बहुमूल्य जडिबुटीहरु पनि पाइन्छन् त्यसैगरी चरा चुरु·ी र वन्यजन्तुहरुको अवलोकन गर्न धेरै देशका मानिसहरु नेपाल आउने गरेका छन् । नेपालको पर्यटन उद्योग पनि चलेको देखिन्छ ।
त्यसैले आफू बसेको देश जिल्ला र ठाउँको अध्ययन गरेर विकासको लागि पहल कदमी गर्नु हामी सबैको कर्तव्य हुन आउँछ । केही वर्ष पहिले कालापानीका नामले चिनिने सुर्खेतको वीरेन्द्रनगर दोभान चौर नरहेर आज सुन्दर सहर भएको मात्र होइन यसक्षेत्रको सदरमुकामनै भएर आफ्नो पहिचान बनाइ रहेको अवस्था छ । यस्तै सुन्दर सहरको स्वरुप लिनसक्ने सुर्खेतका धेरै ठाउँ छन् । त्यसमध्य सुर्खेत जिल्लाको पूर्वी भाग पनि एक देखिएको छ । भेरी बवई बहुउद्देश्यीय आयोजनाका साथसाथै छिन्चु, रामघाट मैनतडा, मेहेलकुना गाविसहरुलाई जोडेर एक नगरपालिका र कल्यान, दशरथपुर, लेखफर्सा, गुमी, दहचौर र घुमखहरेलाई जोडि एक नगरपालिका बनाउने र मदानेचौरलाई विमानस्थलको रुपमा विकास गर्ने र यी दुवै नगरलाई अत्याधुनिक प्लटिङ गरेर विद्युतीकरण, सडक र ढलहरुको राम्रो बसोबास गराउने र साइटमा रहेका सबै जग्गामा सिंचाइको व्यवस्था गरी आधुनिक खेती प्रणाली लागू गर्ने, गुमीदेखि मेहेलि वा रतुको डाँडासम्मलाई रोप–वेको विकास गर्ने होभने सुर्खेतको अर्कै रुप हुनसक्छ भन्ने लाग्छ । जब भेरी ड्राइभर्सन बनेमा पुग नपुग ३० किलोमिटर लोमो जलासय हुनसक्ने देखिन्छ । यदि त्यसो भएको खण्डमा लाखौं पर्यटकहरु आन्तरिक र बाह्य सवैलाई सयौं डु·ा
तैरिन सक्छन् । सयौंले रोजगारी पाउन सक्छन् त्यसैवाट कति पर्यटकहरु डु·ाबाट बर्दियाको चिसापानी पुलसम्मको यात्रा गर्न सक्छन् । भने माछा पालन गर्ने होभने नेपालको माछाको बजार पुरा हुनेछ भने भेरी नदीमा दुवै किनाराका नगरीहरु झलमल गरी पानी भित्र नै देखिने छन् जब दुवै नगरी चार देखिने छन् तब नेपालका धेरै मानिसको गन्तव्य त्यहाँ हुनेछ आकर्षणले देश विदेशकालाई तान्नेछ, लोभ्याउनेछ ।
अनि हुँदैनन् दोस्रो पोखरा ? रातीको समयमा जब बत्तिको रोसनी पानीमा देखिन्छ मानिसहरु आफ्नो घरको छतबाट देख्नेछन् अनि स्वर्गको अनुभूति पाउने छन् । अनि मानिसको लागि त्यो क्षेत्र एउटा दर्शन स्थल हुनेछ । त्यतिमात्र होइन यदि नयाँ नेपालको कल्पना अनुसार पूर्व–पश्चिम रेलमार्ग बनिहाल्यो भने चिसापानी पुलबाट नदी किनारै किनार रेलमार्ग पनि बनाउन सकिने सम्भावना देखिन्छ भने बवई पुलदेखि बवई नदी किनार हुँदै त्यही सुरुङ मार्गबाटै रेललाई प्रवेश गराउन पनि सकिने हुनसक्छ भने भेरी नदीको पानीलाई सुर्खेत उपत्यकमा झार्न सक्ने होभने नेपालको एक आत्मनिर्भर क्षेत्र हुनसक्छ सामथ्र्यता सवल क्षेत्र हुनसक्छ । सल्यान, दाङ, बाँके, सुर्खेत दैलेखलगाएत मध्यपश्चिमाञ्चल विकास क्षेत्र साँच्चैको विकासित क्षेत्र हुनेछ र फेवाताल, बेगनासताल र रुपातालको प्रतिनिधित्व हुनेछ र दोस्रो पोखराका नामले पहिचान लिनसक्ने छ । सडक संजालले समेटको यो ठाउँ बत्तिमुनीको अँध्यारो भएर रहेको जस्तो भएको हुँदा अब भेरीको पानी चौकुने खानी, हराभरा सहर, हाम्रो गौरव भन्ने नाराका साथ थप अर्को नारा पनि सजाउनुपर्ने देखिन्छ ।
भेरी नदीको बरदान सुर्खेतीलाई प्रदान भनेर भेरी नदीले दिएको अवसरलाई
राम्रोसंग उपयोग गरी हाम्रो र हाम्रा सन्ततिका लागि वरदान सावित गराउन सक्नुपर्छ भन्ने लागेर यो दास्रो पोखराको कल्पना गरिएको हो । मामाको खेतमा साग छ भान्जाको के लाग्छ भने झैं देश बनाउने नेताहरुलाई सुर्वालको इजार समाउनै धौ धौ छ दुलहि लिन जन्त गएका मलामे भएर आए जनता भने काल्पनिक विकास गरेर मनका लड्डु घ्युउ संग खानेकाम भएको छ तापनि आशमार्ने काम गर्नु भएन विपनामा न भएपनि त्यो सहर सपनामा भने हेरीनै रहने छु मत ।

No comments:
Post a Comment