१८ वर्षपछि एसएलसी उत्तीर्ण

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
मुगु, १४ असार ।
    जिल्लाको विकट करान क्षेत्रको मांग्री गाविस मांग्री गाउँमा वि.सं. २०४१ मा स्थापित वुद्ध उच्च माविबाट बल्ल एक छात्रा यस वर्षको एसएलसीमा दोस्रो श्रेणीमा उत्तीर्ण भएकी छिन् ।

    जनचेतनाको कमीका करण बालबालिका विद्यालय नपठाउने उक्त दुर्गम क्षेत्रमा विद्यालयले १८ वर्षपछि पेमापुटिक अर्थात् मीना लामालाई गाविसकै पहिलो एसएलसी उत्तीर्ण गर्ने जनजातिकी छात्राका रूपमा उत्तीर्ण गराएको छ ।

No comments:

Post a Comment