आखिर सियो चोरेपनि चोर, सुन चोरेपनि चोर । जतिसुकै सानो मूल्यको सामान चोरेपनि आखिर त्यो मान्छे चोर नै हुन्छ, त्यसैले उ चोरी गरेको आरोपमा सजायाको भागीदार बन्छ । यहीं कुरालाई पुष्टि गर्दै इटालीका एक व्यक्तिलाई गोलभेंडा चोरेको आरोपमा २० महिनाको जेल सजाया सुनाइएको छ । ती व्यक्तिले टमाटरले भरिएका दुईवटा बाकस चोरेका थिए । एजेन्सीका अनुसार दक्षिणी शहर लेक्सीका ३० वर्षीय डेनिएली कार्लिनोले झण्डै १ सय २५ अमेरिकी डलर मूल्य पर्ने ती दुइ बाकस टमाटर चोरेका थिए । उनले सन् २०११ को जुलाइमा नजिकैको रेकेले गाउँमा एक किसानकी बहिनीलाई धम्क्याएर उक्त गोलभेंडा चोरी गरेको बताइएको छ ।
उनी त्यतिबेला त गोलभेंडा चोरेर भागे, तर पछि प्रत्यक्षदर्शीको बयानका आधारमा उनी पक्राउ परे । पीडित किसान पक्षले डेनिएलीलाई ४ वर्षको जेल सजाय दिनुपर्ने माग अदालतमा गरेको थियो । तर चोरीको परिमाण अनुसार उनलाई २० महिनाको सजाय दिइयो । ती व्यक्तिले टमाटर धनी किसानलाई क्षतिपूर्तिबापत १ सय डलर दिने भन्दै मुद्दा फिर्ता लिन आग्रह गरेका थिए । तर ती टमाटर चोरलाई जेलमा थुनाइ छाड्ने अडान किसानले लिए । अन्तत: दुई बाकस टमाटरले उनलाई २० महिना जेल बस्न बाध्य बनायो । (एजेन्सीबाट)
No comments:
Post a Comment