माथिल्लो कर्णाली आयोजना जसरी भएपनि बनाउनुपर्ने स्थानीयको माग

Bookmark and Share 
भक्तबहादुर शाही
दैलेख, ४ असार ।
    एक वर्षदेखि अवरुद्ध भएको माथिल्लो कर्णाली आयोजनालाई स्थानीयबासीहरु सेन्टी गरेरै बनाउने भएका छन् । २०६७ जेठ ८ गते जनताको हवाला दिदैं माओवादी समर्थकका स्थानीय कार्यकर्ताले जलविद्युत आयोजना कार्यालयमा आगजनी गरेदेखि अवरुद्ध भएको थियो । स्थानीयबासीका नाममा गरिएको आगजनीको खण्डन गर्दै सात्तलाका तिलकबहादुर शाहीले भने ‘हामी विकास विरोधी होइनौ, बरु विरोधीलाई तह लगाउँछौ । अपर कर्णाली राष्ट्र र स्थानीय जनताको हित भएकोले सेन्ट्री गरेर बनाउँछौ,’ उनले भने । जसरी भएपनि उक्त आयोजना बनाउनै पर्ने माग स्थानीयहरुकाले गरेका छन् ।
    आइतवार सात्तला–१ को डाबमा संचालन गरिएको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयबासीले कुनैपनि हालमा आयोजना बनाइ छाड्ने धारणा व्यक्त गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा आयोजनाबाट पत्यक्ष प्रभावित अछाम,दैलेख  र सुर्खेत गरी तीन जिल्लाका  १ हजार ६ सय जनाको उपस्थिति रहेको थियो । उक्त परियोजनाले दैलेखका सात्तला, नाउलेकटुवाल, लयाँटीविन्द्रासैनी, खड्कवाडा सुर्खेतका पोखरीकाँडा, सालकोट, छाप्रे अछामका रहफ, भैरवस्थान, रानीवन गरी १२ गाविसलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभाव पार्ने बातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
    सार्वजनिक कार्यक्रमममा बोल्दै अछाम दैलेख र सुर्खेत जिल्लाका स्थानीयबासी नि:शुल्क शेयर र विद्युत समेतको माग राखेका थिए । जीएमआरको प्रतिवेदनमा माथिल्लो कर्णालीलाई वातावरण र आर्थिक दृष्टिमा सबैभन्दा उत्तम आयोजनाका रुपमा पहिचान गरी सम्भाव्यताको अध्ययनका लागि सिफारिस गरिएको छ ।
    आयोजनाको डिजाइन हिउँदका महिनाहरुमा दिनहँु उच्च विद्युत उत्पादन गर्न सकिने जल प्रवाहमा आधारित रुपमा रहेको आयोजनाको जडित ९०० सय मेगावाट रहेको छ । विद्युत गृहमा करिव ११२.५ मेगावटका ८ वटा टर्वाइनबाट नदीको बहाव तथा उच्च विद्युत माग भएको समयमा रिजभ्र्वायरको पानीबाट महिनाहरुमा विद्युत उत्पादन गरिने लक्ष्य राखिएको जीएमआरका प्रवन्धक निर्देशक केके शर्माले बताए ।
    सार्वजनिक कार्यक्रमका बखत माथिल्लो कर्णाली सम्झौता राष्टघाती हो, राष्ट्रघाती सम्झौता खारेजीको माग गर्दै आयोजना विरोधी नारा जुलुस गर्ने  र कालो झण्डा देखाउनेलाई आयोजना पक्षधरको कुटपिटबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा लयाटीविन्द्रासैनी गाविसका शिवप्रसाद चौलागाई, हरिप्रसाद ढकाल र दशरथ शाही रहेका छन् । ६०/७० जनाको हुलमा विराधी र सर्मथकवीच झडप हुँदा उनीहरु घाइते भएका हुन् । सार्वजनिक सुनुवाई कार्यक्रम सकिएलगतै विपक्षले र आयोजना पक्षधर वीचको दोहोरो झडप भएको हो । विपक्षले जीएमआर विरोधी नारी बाजी र कालो झण्डा देखाउने र पक्षधर वीच झडप हुदाँ राष्ट्रिय जनमोर्चा नेपाल, नेपाल मजदुर किसान पार्टीका स्थानीय कार्यकर्ता घाइते भएका हुन् ् ।
    सार्वजनिक सुनुवाई कार्यक्रममा राजनीतिक दलको उपस्थिति नरहेपनि स्थानीयबासीन्दाले आयोजना बन्नु पर्ने धारण व्यक्त गरेका थिए । सुनुवाई कार्यक्रममा स्थानीय प्रभावित क्षेत्रका बासिन्दालाई नि:शुल्क शेयर र विजुली दिनुपर्ने माग राखेका छन् । सात्तला–१ की हस्तना विष्टले राजनीतिक दलहरुले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यक्रम बहिष्कार गर्नुले जीएमआरसंग वार्गेनिङ गर्न खोजेको बताइन् । ‘राजनीतिक दल साँच्चै स्थानीय बासीको हित र फाइदा चाहन्थे भने आयोजनाबाट प्रभावित १२ गाविसका जनताको माझ आफना धारणा राख्न सक्नुपथ्र्यो’, उनले भनिन् ।
    त्यसैगरी नेकपा एमालेका अछाम जिल्लाका उपाध्यक्ष मीनबहादुर सुनारले बातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा दलित, महिला, जनजाति र पिछडा वर्गको सूचित गरिनुपर्ने माग राखेका थिए । भारतीय कम्पनी जिएमआरले संचालन गरेको मस्यांग्दी जलविद्युत परियोजना बारे नबोल्ने माओवादी नेता देव गुरुङले पश्चिम आयोजनाको विरोध गर्न नमिल्ने बताए ।

No comments:

Post a Comment