यु ट्युबबाट हट्यो आतंकवादी भिडियो

    इन्टरनेट सर्च इन्जिन गुगलले आफ्नो भिडियो शेयरिङ वेबसाइट यु ट्युबबाट ६ सय ४० वटा भिडियो हटाएको छ । चरमपन्थीहरुलाई बढावा दिइरहेको भनेर आरोप लागेका ती भिडियो यु ट्युबले हटाएको हो । बेलायती प्रहरीको अनुरोधमा गएको जुलाई देखि डिसेम्बरको बीचमा यी भिडियो हटाइएको हो । गुगलको प्रतिवेदन अनुसार विवादास्पद तथा शंकास्पद भिडियोसंग जोडिएका पाँच वटा जिमेल अकाउण्टपनि बन्द गरिएको छ । तर भिडियो तथा अकाउन्ट हटाउन विश्वभरीबाट गरिएका विभिन्न आग्रहलाई भने गुगलले अस्वीकार गरेको छ । गुगलले हटाउन नमानेका भिडियोहरुमध्ये केही आपत्तिजनक समेत रहेका छन् ।
    त्यसमध्ये एक भिडियोमा एउटा मान्छेले क्यानडाको पासपोर्टमा पिसाब गरी ट्वाइलेटमा फ्याँकेको देखिन्छ । त्यस्तै पाकिस्तानी सेना तथा वरिष्ट राजनीतिज्ञहरुको मजाक उडाइएको भिडियो पनि गुगलले हटाउन मानेको छैन । तर थाइल्याण्डका राजाको अपमान गरिएका विभिन्न १ सय वटा भिडियोमाथि भने प्रतिबन्ध लगाइएको छ । गुगलले अघिल्लो वर्ष जुलाइदेखि डिसेम्बरको बीचमा ६ हजार ९ सय ८९ वटा विवादास्पद भिडियोमध्ये ४ सय ६१ भिडियोका बारेमा अदालती आदेश प्राप्त भएको जनाएको छ । साथै ४ हजार ९ सय २५ वटा भिडियोसंग सम्बन्धित ५ सय ४६ वटा अनौपचारिक आग्रह पनि समावेश छन् जसमध्ये ४३ प्रतिशत आग्रह गुगलले स्वीकार गरेको छ ।

No comments:

Post a Comment