एसओएसलाई युथ–१२ को उपाधि

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ४ असार ।
    २६ औं एसओएस दिवसको अवसरमा आयोजना गरिएको अन्तर विद्यालय युथ–१२ को उपाधि चौथोपटक पनि आयोजक एसओएस बालग्रामले नै जित्न सफल भएको छ । आइतवार सम्पन्न फाइनल खेलमा सैनिक आवासीय महाविद्यालयलाई १ का विरुद्ध ३ गोल गरी एसओएसले उपाधि जितेको हो । विजयी टोलीका लागि विकास नेपाली, विकास खड्का र कुन्दन खनालले गोल गरेका थिएभने सैनिक आवासीय विद्यालयका लागि विकास गुरुङले सान्त्वना गोल गरेका थिए । यस्तै जन उच्च माविले तेस्रो स्थान हासिल गरेको छ ।
    प्रतियोगिताभर कोपिला भ्यालीका अभिषेक सिंह उत्कृष्ट खेलाडी र ११ गोल गरेका एसएओएसका कुन्दन खनाल सर्वाधिक गोलकर्ता घोषित भए । विजेता तथा उपविजेता टोलीलाई एसओएस वालग्रामका निर्देशक मानबहादुर नेपाली, सहायक निर्देशक सुशील ज्ञवाली, सैनिक आवासीय महाविद्यालयका प्रिन्सिपल भीमबहादुर बस्नेतले पुरस्कार तथा प्रमाणपत्र र कप वितरण गरेका थिए । प्रथम हुनेलाई नगद ५ हजार १, दोस्रोलाई ३ हजार १ र तेस्रोलाई २ हजार १ रुपैयाँ दिइएको एसओएसका खेल प्रशिक्षक रमेश तुलाधरले जानकारी दिए । यसैगरी सोही दिवसकै अवसरमा सोमवार विहान रक्तदान गरिएको छ । एसओएस बालग्रामका निर्देशक मानबहादुर नेपालीको सभापतित्वमा भएको कार्यक्रममा २१ जनाले रक्तदान गरेको बताइएको छ ।

No comments:

Post a Comment