दुव्र्यसनविरुद्ध सडक नाटक

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ४ असार ।
परिवर्तनशील युवा क्लव उत्तरगंगा–८ तातापानीले सोमवार मंगलगढीचोकमा सडक नाटक ‘जवानीमा’ प्रदर्शन गरेको छ । युवाहरु दिनदिनै कुलत र दुव्यर्सनमा फस्न पुगेको र ठूला दुर्घटनाको कारणपनि दुव्र्यसन भएकोले कुलतमा फस्न नदिनका लागि उक्त सडक नाटक प्रदर्शन गरिएको हो ।
चिरन्जीवि सापकोटा र वेदन थापाको लेखन तथा निर्देशन रहेको सडक नाटकमा सप्तरंगी मोडल आर्टस्का सापकोटा र थापासहित, चिन्तामणि कँडेल, सगुन शाही, कृष्णा लामिछाने, महमद सकिरलगायतको अभिनय रहेको छ । 

No comments:

Post a Comment