अन्तत: माओवादी फुट्यो

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
काठमाडौ, ४ असार ।
    विघटित संविधानसभाको सबैभन्दा ठूलो दल एनेकपा माओवादी औपचारिकरुपमा विभाजन भएको छ । उपाध्यक्ष मोहन बैद्यले आइतवार कार्यकर्ताको राष्ट्रिय भेलामा गरेको नयाँ पार्टी गठनको प्रस्तावलाई सर्वसम्मतले पारित गरेपछि माओवादी औपचारिकरुपमा फुटेको हो । प्रस्ताव पारित भएपछि बैद्यले माओवादीको संस्थापन पक्षसंग सम्बन्धविच्छेद भएको घोषणासमेत गरेका थिए । भेलामा सहभागी भए नेताका अनुसार पार्टीको नाम नेकपा, माओवादी राखिएको छभने पार्टीको नेतृत्व बैद्यले नै गर्ने बताइएको छ ।
    औपचारिकतारुपमा पार्टीको स्वरुप तथा कमिटीहरु गठनका लागि थप छलफल भइ रहेको नेताहरुले बताएका छन । यद्यपि बैद्य पक्षले संस्थापन पक्षसंग एकपटक फेरि छलफल गर्ने बताएका छन् । बैद्यले केन्द्रीय समिति ७५ जनाको हुने प्रस्ताव गरेको भएपनि त्यसलाई भेलाले परिमार्जन गर्न सकिने उल्लेख गरिएको छ ।
    करिव पाँच वर्षदेखि नै दुई चिरामा रहेर फरक विचार समूहको रुपमा क्रियाशील रहेको माओवादीका उपाध्यक्ष बैद्य पक्षले माओवादी संस्थापन पक्षले पार्टीको क्रान्तिकारिता गुमाएको र संशोधनवादी धारमा परिणत भएको आरोप लगाएको छ । साथै शान्ति र संविधानको बाटो असफल भएको उल्लेख गर्दै क्रान्तिको तयारी गर्नुपर्ने धारणा राख्दै आएको छ ।

No comments:

Post a Comment