ट्रक दुर्घटनामा चालकको मृत्यु

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
प्युठान, ७ असार ।
    प्युठानको गोठीवाङ–४ स्थित भिरपातेमा गएराति भएको मिनीट्रक दुर्घटनामा परी चालक ओमप्रकाश विष्टको मृत्यु भएको छ ।  बुटवलवाट रोल्पाको सुलीचौरतर्फ खाद्यान्न लिएर जाँदै गरेको लु १ ख ५१९३ नं. को मिनीट्रक राति साडे १ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    दुर्घटनामा घाइते भएका रोल्पा फगाम–१ बस्ने अन्दाजी २५ वर्षीय चालक विष्टको उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर बिकेले बताए । रातिको समयमा उकालोमा स्टार्ट बन्द भएपछि ओरालो परी स्टार्ट गर्न खोज्दा ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
    सहचालक भने बाहिरै बसी ओट लगाउने काम गरिहेकाले दुर्घटनाबाट बच्न सफल भएका छन् । दुर्घटनामा मिनीट्रक पूर्णरूपमा क्षति भएको छ । मृतक चालकको शव पोस्टमार्टमका लागि अहिले जिल्ला अस्पताल बिजुवार ल्याइएको छ ।

No comments:

Post a Comment