रुकुम, ७ असार ।
रोजगारीको सिलसिलामा भारतबाट घर फर्कने क्रममा बेपत्ता भएका पेउघा–४ चौताराका २१ वर्षीय राजेश्वर बस्नेतको शव चार दिनपछि फेला परेको छ । सल्यानको ढाकाडाम गाविस–१ को भीरबाट लडेको अवस्थामा बस्नेतको शव फेला परेको हो ।
भारतको गौरीकुण्ड गएका बस्नेत गत आइतवार घर फर्कने क्रममा भीरबाट खसेको अवस्थामा इलाका प्रहरी कार्यालय थारमारे सल्यान, प्रहरीचौकी नुवाकोट र स्थानीयको संयुक्त टोलीले उनको शव फेला पारेको हो । घर फर्कने क्रममा रुकुमकै झुल्नेटा बजारबाट आफन्तलाई केही समयपछि घर पुग्ने खबर गरेका बस्नेत चार दिनसम्म पनि घर नपुगेपछि उनको खोजी कार्य थालिएको थियो । मादकपदार्थ सेवन गरेका बस्नेत भीरबाट करिब १ हजार २०० मिटर खल खसेका थिए ।रोजगारीको सिलसिलामा भारतबाट घर फर्कने क्रममा बेपत्ता भएका पेउघा–४ चौताराका २१ वर्षीय राजेश्वर बस्नेतको शव चार दिनपछि फेला परेको छ । सल्यानको ढाकाडाम गाविस–१ को भीरबाट लडेको अवस्थामा बस्नेतको शव फेला परेको हो ।
No comments:
Post a Comment