रुकुम, ९ असार ।
जिल्लाको स्यालापाखा गाविसमा शुक्रवार राती भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । सदरमुकाम खलंगाबाट रुकुमकोटतर्फ गइरहेको रा १ त ८९५ नम्बरको ट्याक्टर वडा नं. ४ कैलादेउमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुने पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शालिग्राम पौडेलले बताए । घाइते हुनेहरूमा पिपल गाविस–७ का ४७ वर्षीय थलवीर नाथ र २० वर्षीया धनकुमारी विसी रहेका छन् । घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर सडकबाट २० मिटर तल खसेको बताइएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्लाको स्यालापाखा गाविसमा शुक्रवार राती भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । सदरमुकाम खलंगाबाट रुकुमकोटतर्फ गइरहेको रा १ त ८९५ नम्बरको ट्याक्टर वडा नं. ४ कैलादेउमा दुर्घटना भएको हो ।
No comments:
Post a Comment