सुर्खेत, ९ असार ।
नेपाल शिक्षक संघको क्षेत्र नं. २ को क्षेत्रीय भेला सम्पन्न भएको छ । भेलामा विद्यालयको शैक्षिक गुणस्तर, वर्तमान असहज परिस्थितिमा शिक्षकहरुको भूमिका, विद्यालयमा तहमा बढ्दो राजनीतिक प्रभाव, एसएलसी नतिजा र विद्यालयहरुको शैक्षिक स्तरवृद्धिका विषयमा छलफल भएको थियो ।
भेलामा नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष तिर्थजंग शाही, नेपाली कांग्रेस सुर्खेतका जिल्ला सदस्य रामबहादुर सिंह, शिक्षक संघका जिल्ला अध्यक्ष पद्यप्रसाद गौली, शिक्षक यूनियनका सचिव एकदेव गिरी, गोविन्दराज गिरी, सुरेन्द्र रावत, इन्द्रा शाहीलगायतले आ–आफ्नो भनाई राखेका थिए । भेला क्षेत्रीय कार्यसमितिका उपाध्यक्ष गोमा ढकालको सभापतित्वमा सम्पन्न भएको हो । नेपाल शिक्षक संघको क्षेत्र नं. २ को क्षेत्रीय भेला सम्पन्न भएको छ । भेलामा विद्यालयको शैक्षिक गुणस्तर, वर्तमान असहज परिस्थितिमा शिक्षकहरुको भूमिका, विद्यालयमा तहमा बढ्दो राजनीतिक प्रभाव, एसएलसी नतिजा र विद्यालयहरुको शैक्षिक स्तरवृद्धिका विषयमा छलफल भएको थियो ।
No comments:
Post a Comment