सार्वजनिक लेखापरीक्षण कार्यक्रम

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत,  ९ असार ।
    जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको आर्थिक सहयोग तथा असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतको आयोजनामा उपस्वास्थ्य चौकी राकममा सार्वजनिक लेखापरीक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा उपस्वास्थ्य चौकी राकमका  कर्मचारी, राकमस्थित राजनितिक दलका प्रतिनिधि, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक प्रतिनिधिलगायत गरी ३३ जनाको सहभागिता रहेको थियो ।
    कार्यक्रममा उपस्वास्थ्य चौकीले प्रदान गरिरहेको सेवा तथा गुणस्तरका बारेमा छलफल भएको थियो । कार्यक्रमबाट उपस्वास्थ्य चौकीको पर्खाल निर्माणका लागि पहल गर्नेलगायतका कार्ययोजना तयार पारिएको छ ।
    यसैबीच उपस्वास्थ्य चौकी घोरेटाको पनि सार्वजनिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँ घर क्लिनिकका लागि घर निर्माणलगायतका कार्ययोजना तयार गरिएको छ । कार्यक्रममा असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतका घनश्याम केसीको सहजीकरणमा सम्पन्न भएको हो ।

No comments:

Post a Comment