हरिवंशले गरे रमिलासंग दोस्रो विहे

    चर्चित हास्यकलाकार हरिवंश आचार्यको दोस्रो दामप्त्य जीवन सुरु भएको छ । आचार्यले बिहीबार सााझ बुटवलकी रमिला पाठकसंग दोस्रो बिहे गरेका हुन्। साहित्यकार डा. रविन्द्र समिरले सामाजिक संजाल फेसबुकमा राखेको विवरण अनुसार बुटवलकी एक दशकदेखि एकल महिला रमिला पाठकसंग बिहे गरेका हुन् । डेढ बर्षअघि पत्नी मीराको देहान्तपछि विक्षिप्त बनेका आचार्यले दोस्रो बिहे गर्न लागेको कुरा केही महिना अघि चर्चामा आएको थियो ।
    परिवार, सहयात्री कलाकार मदनकृष्ण श्रेष्ठलगायतको अनुरोध र आग्रहमा आचार्य बिहे गर्न सहमत भएको बताइएको छ । ५४ बर्षीय आचार्य दम्पत्तिबीच करिव दश बर्षको उमेर अन्तर रहेकोपनि समिरले लेखेका छन् ।

No comments:

Post a Comment