आमाको गीत सुन्दा मृत्युशैयाबाट जुरुक्कै

    आमा भन्ने शव्द कति शक्तिशाली । यो शव्दले मानिसलाई मृत्यु शैयाबाट समेत जुरुक्कै उठाउँदो रहेछ । यस्तै भएको छ बेलायतमा । बेलायतकी एक ६ वर्षीया बालिका आमाको गाथा समेटिएको एक गीत सुनेर अस्पतालको कोमाबाट जुरुक्कै उठेकी छिन् । मस्तिष्कको रक्तश्राव भएर अस्पतालको कोमामा पुगेकी चारलोट नेव आमासम्बन्धी गायिका एडिलको गीत आफ्नै आमाको मुखबाट सुन्दा कोमाबाट ब्यूँझिएकी हुन् ।
    झण्डै एक सातासम्म अस्पताल को कोमामा रहेकी नेवको बाँच्ने सम्भावना निकै कम रहेको चिकित्सकहरुले बताएका थिए । तर आमा लिलामा छोरी बाँच्ने आशा जीवितै थियो । एकदिन जब लिला छोरीलाई भेट्न अस्पतालमा पुगिन् त्यहाँ गायिका एडेललको गीत रोलिंग इन द डिप गुञ्जिरहेको थियो । सो गीत घरमा छँदा लिलाका आमाछोरीले संगै गाउने गर्थे ।
    त्यसैले छोरीको यादमा लिलाले बेहोस छोरी नजिकै पुगेर सोही गीत गुन्गुनाउन थालिन् । आमाले आफूलाई मनपर्ने गीत गाएको सुनेर कोमामा रहेकी नेव मुस्कुराउन थालिन् । कोमामा रहेकी नेव मुस्कुराएको देखेर सबै आश्चर्यमा परे । अझ आश्चर्य त त्यसबेला भयो जब नेव केही बेरमा चल्मलाउन तथा अलिअलि बोल्न समेत सक्ने भइन् । उनको आँखाको दृष्टि समेत केही मात्रामा फर्कियो । डाक्टरले समेत मर्छे भनिसकेकी छोरी आफ्नो गीत सुनेर ब्युँझिँदा लिलामा खुसीको सीमा रहेन । आजकल नेव स्कुल जानसक्ने भएकी छिन् भने उनले नृत्य समेत सिकिरहेकी छिन् । (एजेन्सीबाट)

No comments:

Post a Comment