सुर्खेत, १३ असार ।
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको आर्थिक सहयोग तथा असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतको आयोजनामा स्वास्थ्य चौकी जर्वुटामा बुधबार सार्वजनिक लेखापरिक्षण कार्यक्रम गरिएको छ । कार्यक्रममा स्वास्थ्य चौकी जर्वुटाका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक महिला स्वास्थ्य स्वंयसेविका, सर्वसाधारण गरि ४४ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाले प्रदान गरिरहेको सेवाको गुणस्तरका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा स्वास्थ्य चौकीमा स्ट्रेचर नहुँदा बिरामीलाई ओसारपसार गर्न समस्या परेकाले स्ट्रेचरको व्यवस्था गर्ने लगायतको कार्ययोजना तयार पारिएको छ । कार्यक्रम असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतका सहजकर्ता दिनेशप्रसाद जोशी र घनश्याम केसीको सहजिकरणमा सम्पन्न भएको हो ।जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको आर्थिक सहयोग तथा असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतको आयोजनामा स्वास्थ्य चौकी जर्वुटामा बुधबार सार्वजनिक लेखापरिक्षण कार्यक्रम गरिएको छ । कार्यक्रममा स्वास्थ्य चौकी जर्वुटाका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक महिला स्वास्थ्य स्वंयसेविका, सर्वसाधारण गरि ४४ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाले प्रदान गरिरहेको सेवाको गुणस्तरका बारेमा छलफल भएको थियो ।
No comments:
Post a Comment