मध्यपश्चिमकै प्रमुख पर्यटकीयस्थलका रूपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली जिल्लाको चिसापानी क्षेत्र प्राकृतिक र कृत्रिम दुवै हिसाबले रमणीयस्थल मानिन्छ । बर्दियाको ठाकुरद्वारा र कर्णाली चिसापानी स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने नेपालको एक महत्वपूर्ण स्थल बनेको छ । सौन्र्दयको उद्गमस्थलका रूपमा परिचित ठाकुरद्वारामा हालै मात्र तीन दिन बिताएका हल्यान्डका नागरिक टोमले यातायातको व्यवस्था र राम्रो प्रचारप्रसार भए वर्षभरि नै यहाँ पर्यटकको घुइँचो लाग्ने बताए ।
वि.सं. २०१३ मा आरक्षका रूपमा स्थापना भई २०५५ सालमा यसलाई बर्दिया राष्ट्रिय निकुञ्ज बनाइएको हो । यसको क्षेत्रफल ९६८ वर्ग किलोमिटर छ । यहाँ नेपालमै सबैभन्दा बढी जंगली हात्ती, दुलर्भ पाटेबाघ, विश्वकै दुलर्भ एक सिंगेगैंडा, कृष्णासार र हजारांैको संख्यामा चित्तलको अवलोकन गर्न सकिन्छ । यसैगरी, कर्णाली नदीमा र्याप्टिङ, हात्तीमा चढेर जंगल सफारी र फिडिङ गर्ने सुविधा रहेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापाले बताए । यसका साथै नेपालमै डल्फिन माछाको एकमात्र प्राकृतिक बासस्थान कर्णाली नदी रहेको र प्राकृतिक सौन्र्दयको दृष्टिकोणले बबई उपत्यकासमेत रमणीय रहकाले सो क्षेत्रमा बर्सेनि हजारौं पर्यटक तान्न सक्ने उनले बताए ।
एसियाकै सबैभन्दा अग्लो हात्तीसमेत यो निकुञ्जमा रहको छ । हात्तीको उचाई ११ फिट तीन इन्च रहको छ । यहाँ पुगेका पर्यटकहरूले हात्तीमा चढेर जंगलको सयर गर्नमा बढी समय खर्चने गरेको पाइएको छ । यसैगरी, विश्वकै दुर्लभ मानिने जन्तु कृष्णासारको संख्या अहिले ४३ वर्षमै सबैभन्दा उच्च हुन पुगेको छ । थापाका अनुसार निकुञ्चमा कृष्णासारको संख्या अहिले २ सय ७० पुगेको छ ।
नेपालको बर्दियामा मात्र पाइने कृष्णसारको अवलोकनका लागि बेलायतदेखि अमेरिकासम्मका पर्यटक आउने गरेका छन् । यस्तै, विश्वकै दुर्लभ मानिएको एकसिंगेगैंडा पनि सो निकुञ्जको अर्को प्रमुख आकर्षण हो । उक्त निकुञ्जमा ८० भन्दा बढी एकसिंगेगैंडा रहेको निकुञ्जले बताएको छ । ती गैंडा हेर्नका लागि मात्र केही महिना पहिले स्वीडेनबाट पर्यटकको ठूलो टोली बर्दिया आएको थियो । निकुञ्जमा पुग्ने पर्यटकका लागि कर्णाली नदीमा र्याफ्टिङ गर्दै बीचबीचमा बनाइएका टावरमा चढेर बाघ र गैंडा तथा गोही हेर्ने र आराम गर्दै कोठियाघाटमा पुगेर फर्किने व्यवस्था छ । फिसिङको सौख राख्नेहरूका लागि कर्णालीमा फिसिङको समेत विशेष व्यवस्था रहेको अधिकृत थापाले बताए ।
आवश्यक प्रसारप्रसार गरिए बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेका विश्वकै दुर्लभ जनावरको अवलोकन गर्न तथा प्राकृतिक सौन्दर्यको आनन्द लिन बर्षेनी देश विदेशका हजारांै मानिस यहाँ आउने सम्भावना रहेको छ । प्रचारप्रसारको अभावमै पनि अहिले बर्सेनि ६ हजार ८०० का हाराहारीमा विदेशी पर्यटक यहाँ आउने गरेको निकुञ्जले जनाएको छ । तीमध्ये सबैभन्दा बढी बेलायत र अमेरिकाका नागरिक हुने गरेका छन् ।
यहाँ अहिले नयाँ रिसोर्ट थप्ने र प्याकेजसहितका कार्यक्रम तय गरिएको ठाकुरद्वाराका पर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराइले बताए । यद्यपि, उनीहरूले सरकारी घोषणाअनुरूपको तयारी र अनुभव भने गर्न पाएका छैनन् । अन्य ठाउँभन्दा बर्दियाको ठाकुरद्वारा मनोरम र वातावरण अनुकूल भएपनि सरकारी बेवास्ताका कारण प्रचारप्रसार हुन नसकेको ठाकुरद्वारा टाइगरटप्सका म्यानेजर गौरी मालाकारले बताइन् ।
सरकारले पर्यटकीय क्षेत्रको चिनारीका रूपमा प्रकाशन गरेका सामग्रीमा समेत यस क्षेत्रका पर्यटकीयस्थलको नाम समावेश नगरेको यहाँका बासिन्दाको गुनासो छ । मध्यपश्चिमको प्रमुख व्यावसायिक केन्द्र नेपालगन्जबाट ८५ किलोमिटर पश्चिम र पूर्वपश्चिम राजमार्गको अम्वसाबाट १२ किलोमिटर दक्षिणमा अवस्थित यो निकुञ्जसम्म पुग्नका लागि नेपालगन्जबाट यात्रुवाहकसहित निकुञ्जमा रहेका साना गाडी उपलब्ध छन् । यी निकुञ्जमा रहेका करिब तीन दर्जन रिसोर्ट तथा होटेलले काठमाडौाबाट जहाज तथा बसबाट नेपालगन्ज पुग्ने पर्यटकका लागि आफ्नै गाडीको व्यवस्थासमेत गरेका छन् ।

No comments:
Post a Comment