बढी चिया पिउँदा क्यान्सरको खतरा

    चिया पिउनु स्वास्थ्यका लागि हानिकारक नभएको भन्ने पूरानो दाबीलाई एक नयाँ अनुसन्धानले गलत सावित गरेको छ । बेलायतको ग्लास्गो विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानले बढी चिया पिएमा त्यसले मानिसमा क्यान्सर समेत गराउन सक्ने तथ्य पत्ता लगाएको हो । अनुसन्धान अनुसार दिनमा ७ कपभन्दा बढी चिया खाने व्यक्तिमा प्रोस्टेट क्यान्सरको खतरा ५० प्रतिशत भन्दा पनि बढी हुन्छ । यो अनुसन्धानका क्रममा शोधकर्ताहरुले ६ हजार मानिसहरुमा ४० वर्षसम्म अध्ययन गरेका थिए । डाक्टर काशिफ शफिकले सन् १९७० देखि सुरु गरेको अध्ययनका क्रममा २१ देखि ७५ वर्ष उमेर समूहका व्यक्तिलाई समावेश गरिएको थियो ।
अध्ययनबाट निकालिएको निष्कर्षका बारेमा डाक्टर काशिफले भनेका छन् कि ब्ल्याक तथा ग्रिन टी पिउने मानिसहरुमा चियाको मात्राले अरु समस्या नल्याएपनि प्रोस्टेट क्यान्सरको खतरा भने बढाउँछ । तर दिनमा बढीमा ३ कप चिया पिउने व्यक्तिहरुमा भने यस्तो खराब असर नपर्ने उनको भनाइ छ । स्मरण रहोस्, यसअघिका शोधकर्ताहरुले चियाले मानिसलाई स्वस्थ राख्ने र क्यान्सर, हृदयरोग तथा मधुमेह जस्ता रोगबाट बचाउने दाबी गर्दै आएका थिए ।

No comments:

Post a Comment