सुर्खेत (बेतान), ७ असार ।
आप््mनो गाउँसम्म विकास पुर्याउन स्थानीयहरु कति लालायित छन् भन्ने उदाहरण पश्चिम सुर्खेतको बेतान गाविसका बासिन्दाहरुले दिएका छन् । अधिकांश युवाहरु कमाई गर्न भारततिर जाने बेतान गाविस वडा नं. ७, ८ र ९ का बासिन्दाहरुले व्यक्तिगतरुपमा चन्दा उठाएर गाउँसम्म सडक पुर्याएका छन् ।
वडा नं. ८ बाट एक लाख र वडा नं. ७ र ९ बाट १ लाख गरी तीन गाविसका बासिन्दाहरुले २ लाख चन्दा उठाएर बिजौरा—बेनीघाट सडकमा जोड्ने गरी करिव पाँच किलोमीटर सडक खनिएको छ । तीन गाविसका १ सय ६८ घरपरिवारले गच्छेअनुसारको चन्दा दिएको बेतान—तल्लोभेक कृषि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष निरकबहादुर राना मगरले बताए । उनले तीन वडामा आवतजावत गर्ने सडक नहुँदा निकै सास्ती खेप्नु परेको र सडकका लागि कसैले चासो नदिएपछि आफूहरु नै चन्दा उठाएर सडक बनाउन लागिपरेको जनाए ।
गतबर्षको चैत महिनादेखि उक्त सडक खन्न थालिएको हो । उठाएको चन्दा पनि सकिएकोले उक्त सडक गाउँसम्म पुर्याउन नसकिएको अध्यक्ष रानाले बताए । गाउँसम्म सडक पुर्याउने बजेटका लागि गाविस र जिविससंग सहयोग माग गरिएको उनको भनाइ छ । कर्णाली नदीसंगै जोडिएको गाउँ भएकोले सडक नहुँदा लामो बाटो हिंडनुपर्ने उनले आप््mनो गाउँसम्म विकास पुर्याउन स्थानीयहरु कति लालायित छन् भन्ने उदाहरण पश्चिम सुर्खेतको बेतान गाविसका बासिन्दाहरुले दिएका छन् । अधिकांश युवाहरु कमाई गर्न भारततिर जाने बेतान गाविस वडा नं. ७, ८ र ९ का बासिन्दाहरुले व्यक्तिगतरुपमा चन्दा उठाएर गाउँसम्म सडक पुर्याएका छन् ।
वडा नं. ८ बाट एक लाख र वडा नं. ७ र ९ बाट १ लाख गरी तीन गाविसका बासिन्दाहरुले २ लाख चन्दा उठाएर बिजौरा—बेनीघाट सडकमा जोड्ने गरी करिव पाँच किलोमीटर सडक खनिएको छ । तीन गाविसका १ सय ६८ घरपरिवारले गच्छेअनुसारको चन्दा दिएको बेतान—तल्लोभेक कृषि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष निरकबहादुर राना मगरले बताए । उनले तीन वडामा आवतजावत गर्ने सडक नहुँदा निकै सास्ती खेप्नु परेको र सडकका लागि कसैले चासो नदिएपछि आफूहरु नै चन्दा उठाएर सडक बनाउन लागिपरेको जनाए ।
बताए । उक्त सडकका लागि बेतान गाविसले १ लाख ६५ हजार रुपैयाँ छुटयाएको थियो ।
अर्का स्थानीयबासी केशरबहादुर नामजालीले गरीव बासिन्दाहरुले चन्दा उठाएर भएपनि सडक बनाएपछि अरुबाट सहयोग पाइने आशा व्यक्त गरे । उनले आफूले मात्रै २३ हजार रुपैयाँ सहयोग गरेको बताए । जंगल बाटो भएकोले आवतजावत गर्न समस्या, खाद्यान्न ढुवानी गर्न समस्या भएकोले सडक बनाएपछि विजौरा—बेनीघाट सडकसंग जोडिने भएकोले सहज हुने उनको भनाइ छ । जनजाति समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रका धेरैजसो बासिन्दाहरु कमाइ गर्न भारततिर जाने गर्दछन् ।
बेतान गाविस सचिव नरबहादुर शाहीले त्यस क्षेत्रका बासिन्दाहरुले विकासका लागि उदाहरणीय कार्य गरेको बताए । सुरुमा सडक खन्दा गाविसले १ लाख ६५ हजार रकम दिएको जानकारी दिदैं उनले आगामी बर्षपनि स्थानीयको विकासको चाहनालाई ध्यानमा राखेर बजेट थप गर्ने आश्वासन दिए । गाविसका अन्य वडाहरुभन्दा विकट र टाढा भएकोले उक्त ठाउँमा सडकको आवश्यक रहेको उनको भनाइ छ ।
त्यस क्षेत्रका बासिन्दाहरुले सुर्खेतका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीलाई सडकमा सहयोग गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । चन्दा उठाएर बनाएको सडक अधुरो भएकोले रकम सहयोग गरेर गाउँसम्म पुर्याइदिन उनीहरुले माग गरेका हुन । स्थानीय विकास अधिकारी रेग्मीले पनि स्थानीय जनसहभागितामा थालिएको कामलाई जिविसले पाथमिकता दिने बताउँदै सहयोग गर्ने आश्वासन दिए ।
No comments:
Post a Comment