बैतडी, १० असार ।
विपन्न घरपरिवारमा जन्मेका कतिपयलाई भिटामिन ‘ए’ को कमी भएर रातमा आँखा नदेख्ने रतन्धो रोगले सताएको हुन्छ तर बैतडीमा विपन्न घरका एक बालक यस्ता पनि छन् जसले दिनमा पटक्कै आँखा नदेख्ने तर रातमा मजाले देख्न सक्छन् । आमाबुबा गुमाएर मामाघरतर्फका नातेदारको घरमा बस्दै आएका दशरथचन्द नगरपालिका–९ का नौ वर्षीय सन्दीपराम कोली भने दिनमा आँखा नदेख्ने तर रातमा देख्ने गर्छन्् । घरबाट आधा घन्टा टाढा रहेको स्थानीय बेताल खोदाई प्रावि कक्षा तीनमा अध्ययनरत सन्दीप विद्यालय जाँदा आँखाकै समस्याले एक्लै जान नसक्ने उनका अभिभावक शेरुवा महरले बताए ।
चार वर्षअघि आमाबाबु गुमाएर असहाय बनेका सन्दीपलाई अभिभावकको संरक्षण दिएका महरले विद्यालय जाादा वा छिमेकीको घर जाँदा दिनमा मान्छेको सहारा चाहिने तर रातमा भने एक्लै जानसक्ने जानकारी दिए । ‘यी बालकको आँखामा अचम्मको दृष्टि छ’ चार वर्षदेखि पालनपोषण गर्दै आएका महरले भने, ‘दिनमा आँखा बन्द गरेर हिंड्छ, रातमा भने मजाले हिंडेको देख्दा छिमेकी अचम्मित छन् ।’ सामान्य व्यक्तिको तुलनामा बालक कोलीको दृष्टि अचम्मलाग्दो भएको उनले अध्ययन गर्ने विद्यालयका प्रधानाध्यापक प्रेम महर बताउँछन् । ‘रातको अँध्यारामा आँखा देख्नु तर दिनमा पटक्कै नदेख्नुले हामीलाई अचम्मै लागेको छ’ प्रअ महरले भने, ‘विद्यालयमा परीक्षा दिंदासमेत कोठा बन्द गरेर अँध्यारोमा राखिदिन्छौं ।’ विपन्न घरपरिवारमा जन्मेका कतिपयलाई भिटामिन ‘ए’ को कमी भएर रातमा आँखा नदेख्ने रतन्धो रोगले सताएको हुन्छ तर बैतडीमा विपन्न घरका एक बालक यस्ता पनि छन् जसले दिनमा पटक्कै आँखा नदेख्ने तर रातमा मजाले देख्न सक्छन् । आमाबुबा गुमाएर मामाघरतर्फका नातेदारको घरमा बस्दै आएका दशरथचन्द नगरपालिका–९ का नौ वर्षीय सन्दीपराम कोली भने दिनमा आँखा नदेख्ने तर रातमा देख्ने गर्छन्् । घरबाट आधा घन्टा टाढा रहेको स्थानीय बेताल खोदाई प्रावि कक्षा तीनमा अध्ययनरत सन्दीप विद्यालय जाँदा आँखाकै समस्याले एक्लै जान नसक्ने उनका अभिभावक शेरुवा महरले बताए ।
पढाउने बेला कक्षा कोठाभित्र अलिअलि आँखा देख्ने गरे पनि कोठा बाहिर भने उनले पढ्न नसक्ने महर बताउँछन् । पढाइमा त्यति अब्बल नभए पनि गीत गाउनमा भने उनी खप्पिस रहेको प्रअ महरले बताए । ‘विद्यालय सुरु हुनेबित्तिकै विद्यार्थीका अगाडि गएर राष्ट्रिय गान गाउने गर्छ’ सुरिलो स्वर भएका सन्दीपको प्रतिभाबारे बताउँदै प्रअ महरले भने, ‘दिनहुँ राष्ट्रिय गान गाउँदा ऊ नै अगाडि गएर सुरु गर्छ ।’
रातमा आँखा खोल्दा कुनै समस्या नहुने र आँखा देख्ने बालक कोली बताउँछन् । ‘दिनमा उज्यालो देख्नेबित्तिकै आँखामा आँसु आउँछ, त्यसैले बन्द गर्नुपर्छ’ कोली भन्छन्, ‘रातमा भने आँखा खोल्न सजिलो हुने गरेकाले हिंडडुल गर्न सजिलो हुन्छ ।’ अनाथ बालकका रूपमा रहेका कोलीमा गायनको राम्रो प्रतिभा भएपनि दिनमा आँखा नदेख्ने समस्याले भने उनको पढाइसमेत प्रभावित भएको उनका छिमेकी लछुवा महरले बताए । आँखाको समस्या जन्मजात भए पनि हलिया समुदायको संरक्षणमा बसेका कोलीको अर्थ अभावले उपचारका लागि कतै पहल हुन नसकेको महरले बताए । दलित समुदाय र तिनका बालबालिकाका लागि काम गर्छौं भन्ने निकायको लाम लामै भएपनि हालसम्म बालक सन्दीपको पढाइ र पालनपोषणका लागि कसैले सहयोग नगरेको उनका अभिभावक शेरुवा महर बताउँछन् ।
जिल्ला अस्पतालका डाक्टर गुणराज अवस्थी कोलीको जस्तै समस्या नभए पनि राति आँखा देख्ने दिनमा नदेख्ने समस्यका विभिन्न कारण हुन सक्ने बताउँछन् । ‘सूर्यको किरणले वा भिटामिन ‘ए’ को कमीले केही नसामा समस्या हुँदा त्यसो समस्या आउने गर्छ’ डाक्टर अवस्थी भन्छन्, ‘उपचार गराए कसैको आँखा ठीक हुने भएपनि कसैको भने उपचार असम्भव छ ।’ डा. अवस्थीले एकचोटि कैलालीको गेटा आँखा अस्पताल वा कुनै विशेषज्ञलाई जाँच गराउन सल्लाह दिए ।
मा
No comments:
Post a Comment