दैलेख, ९ असार ।
वेलपाटा –२ की ७५ वर्षीया शान्ति विकलाई घर नजिकै खानेपानी आउँछ भन्ने आशासम्म गरेकी थिइनन् । घर नजिकै पानीको धारा निर्माण हुँदा उनी खुशीले विभोर भएकी छिन् । उनी भन्छिन्, ‘नाति/नातिनीका दिनमा त कुन्नी के हो हाम्रा पालामा त नान्नेखोलाको पानी खानुपर्ने हो ।’ तर पछिल्लो समयमा वेलपाटा –२ दलित बस्तीमा खानेपानी निर्माण हँुदा शान्ति मात्र होइनन् दलित बस्तीलाई नै राहत भएको देवीसरा विकले बताइन् । ‘बस्ती नजिकै पानी नभएकाले १ घण्टाको बाटो हिंडेर पानी पिउने गरेका थियौं ,वस्तीमा नै धारा निर्माण हुँदा खानेपानी वरदान जस्तै भएको छ,’ उनले भनिन् ।
शुक्रबार खानेपानीको अनुगमन गर्न दलित बस्ती पुगेका जिल्ला विकास समितिका योजना अधिकृत भक्तिराम मरासिनी, स्थानीय विकास कोषका कार्यकारी सचिव दिलबहादुर शाही,वेलपाटा –२ की ७५ वर्षीया शान्ति विकलाई घर नजिकै खानेपानी आउँछ भन्ने आशासम्म गरेकी थिइनन् । घर नजिकै पानीको धारा निर्माण हुँदा उनी खुशीले विभोर भएकी छिन् । उनी भन्छिन्, ‘नाति/नातिनीका दिनमा त कुन्नी के हो हाम्रा पालामा त नान्नेखोलाको पानी खानुपर्ने हो ।’ तर पछिल्लो समयमा वेलपाटा –२ दलित बस्तीमा खानेपानी निर्माण हँुदा शान्ति मात्र होइनन् दलित बस्तीलाई नै राहत भएको देवीसरा विकले बताइन् । ‘बस्ती नजिकै पानी नभएकाले १ घण्टाको बाटो हिंडेर पानी पिउने गरेका थियौं ,वस्तीमा नै धारा निर्माण हुँदा खानेपानी वरदान जस्तै भएको छ,’ उनले भनिन् ।
गरिवी निवारण कोषका कार्यकारी प्रबन्धक निरक सुनारसहितको टोलीलाई मट्टेला बस्तीका दलितले विगतका दिनमा आफूहरुले खानेपानी नपाएको पीडा सुनाएका थिए ।
‘बल्ल स्थानीय विकास कोष धारा निर्माण गरिदिएपछि खानेपानीको समस्याबाट मुक्ति पायौं’ ४० वर्षीया प्रेमादेवी विकले भनिन् । गरिवी निवारणको कोषको आर्थिक सहयोगमा स्थानीय विकास कोषद्वारा दलित बस्तीमा खानेपानी निर्माण गरिएको गरिवी निवारण कार्यक्रम संयोजक पूर्णनाथ योगीले बताए । ‘सामुदायिक संस्थाबाट खानेपानीको माग आएकाले समस्या पहिचान गरी खानेपानी निर्माण गरेका हांै,’ उनले भने ।
एक घण्टा टाढाबाट पानी लिएर खानुपर्ने बाध्यता रहेको मट्टेलाको दलित बस्ती घर नजिकै धारा निर्माण हँुदा आफूलाई खानेसम्मको तरकारी खेतीसमेत गर्न थालेका छन् । ‘पहिला चुप्रा बजारबाट तरकारी किनेर खान्थ्यौं,’ बस्तीमा धारा निर्माण भएपछि आफूलाई मात्र भएपनि तरकारी उत्पादन गर्ने गरेको प्रेमादेवीले बताइन् । ‘गरामा टमाटर, आलु, काउली, वन्दागोपी सिमी फलाउने गरेको छौं’ प्रेमाले भनिन् । प्राय: जसो सधैं खाली हुने दलित बस्तीका गरा भने तरकारी हराभरा देखिन्छन् ।
दलित बस्तीका १५ घरधुरी लाभान्वित हुने गरिवी निवारण कार्यक्रमको आर्थिक सहयोगमा स्थानीय विकास कोषले ४ लाख ६७ हजार ५ सय ४५ रकम अनुदान र १ लाख २२ हजार ८ सय ५७ रुपैयाँमा ४ वटा धारा निर्माण हँुदा ९० जना दलित जनसंख्या लाभान्वित भएको सामाजिक परिचालक दुर्गा गौतमले बताए ।
No comments:
Post a Comment