व्यावसायिक जडीबुटी खेती

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, १० असार ।
जिल्लाको महादेवपुरीका किसान व्यावसायिक जडीबुटी खेतीतर्फ आकर्षित भई मनग्य आम्दानी गर्न सफल भएका छन् । व्यावसायिक मेन्था, क्यामोमिन र कुरिलोखेती गरेर उनीहरूले राम्रो आम्दानी गर्न सफल भएका हुन् ।कम लगानी र मेहनतमा आम्दानी धेरै हुने भएपछि सो क्षेत्रका अधिकांश कृषकको इच्छा शक्तिमा जडीबुटी व्यवसाय बनेको हो ।
उनीहरूले एकै सिजनमा रु. ३५ देखि ५० हजारसम्मको आम्दानी गर्न सफल भएको बताएका छन् । तीनवर्षको अवधिमा अधिकांशले धान र गहुाखेती छाडेर जडीबुटी खेतीतर्फ आकर्षित भएका भगवती जडीबुटी प्रशोधन केन्द्र ढकेरीका प्रबन्धक शालिकराम डाँगीले बताए । महादेवपुरीमा मात्र यो वर्ष १५० देखि २०० किलोसम्म मेन्था तथा ३० किलो क्यामोमिन उत्पादन हुने किसानको भनाइ छ । एक किलो मेन्थाको प्रशोधित तेल करिब रु. १ हजार ६०० मा बिक्री हुने गरेको छभने क्यामोमिन तेलको प्रतिलिटर मूल्य रु. ३५ हजारको हाराहारीमा रहेको छ । जडीबुटी खेती गरेर तेल निकाल्न सक्ने होभने निकै राम्रो फाइदा हुने देखेपछि महादेवपुरी र छिमेकी गाविसका ११ सामुदायिक वन मिलेर जडीबुटी प्रशोधन गर्ने मेसिन गाउँमा जडान गरिएको अध्यक्ष डाँगीले बताए ।

No comments:

Post a Comment